काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का लागेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उनले पछिल्ला राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्य केही दशक पछाडि धकेलेको बताए । तर, यसलाई असफलता वा पराजयका रूपमा लिन नहुने उनको भनाइ थियो ।
‘हामीले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य लिएका छौँ । पछिल्ला घटनाका कारण हाम्रो गन्तव्य केही पछाडि धकेलिएको छ, तर यसको अर्थ हामी असफल वा पराजित भएका होइनौँ,’ ओलीले भने ।
उनले आफ्नो कार्यकालमा अघि बढाइएका सामाजिक सुधारका कार्यक्रमलाई समाजवादउन्मुख राज्य निर्माणका प्रयासका रूपमा व्याख्या गरे । सडक बालबालिकाको उद्धार तथा व्यवस्थापन, सहयोगापेक्षी सडक मानवको संरक्षण र सडकमा भिक्षा माग्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयासलाई उनले जिम्मेवार सरकारको अवधारणासँग जोडे ।
ओलीले ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कार्यक्रम र बालबालिकाका लागि सञ्चालित ‘खोलौँ खाता’ अभियानलाई पनि मानवतावादी सोचका उदाहरणका रूपमा प्रस्तुत गरे ।
‘हामीले समाजवादको आधार निर्माण गर्ने क्रममा सामाजिक क्षेत्रमा विभिन्न काम गरेका थियौँ । सडक बालबालिकालाई उद्धार गरी उचित व्यवस्थापन गर्ने, असहाय र बेसहारा सडक मानवको संरक्षण गर्ने तथा सडकमा भिक्षा माग्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास गर्यौँ,’ उनले भने ।
सरकारको जिम्मेवारी हिसाबकिताब र जवाफदेहितामा मात्र सीमित नहुने उल्लेख गर्दै ओलीले नागरिकप्रति सरकार संवेदनशील हुनुपर्ने बताए ।
‘जसरी आमाले आफ्ना सन्तानको हेरचाह माया र आत्मीयताका साथ गर्छिन्, त्यसरी नै सरकारले पनि आफ्ना नागरिकप्रति जिम्मेवार भएर काम गर्नुपर्छ,’ उनले भने ।
आफ्नो कार्यकालमा भएका विकास निर्माण तथा सामाजिक कामको आलोचनाबारे टिप्पणी गर्दै ओलीले नागढुंगा क्षेत्रमा राखिएको साइनबोर्डको विवादलाई सामान्य प्राविधिक विषयका रूपमा व्याख्या गरे । यस्ता विवादले सरकारले गरेका सामाजिक कामको महत्त्व र तिनको इतिहास मेटाउन नसक्ने उनको भनाइ थियो ।
‘हामीले गरेका सामाजिक कार्यहरूको महत्त्व कुनै साइनबोर्ड हटाउँदैमा समाप्त हुँदैन । ती कामले समाजमा पारेको प्रभाव र तिनको इतिहासलाई मेटाउन सकिँदैन,’ ओलीले भने ।
उनले ‘सुखी नेपाली’ बनाउने लक्ष्य हासिल गर्न पहिले नागरिकका दुःख, गरिबी र अभाव हटाउनुपर्नेमा जोड दिए । नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने वातावरण निर्माण गर्नु नै समृद्धिको यात्राको सुरुआती सर्त भएको उनको भनाइ थियो ।
‘सुखी नेपाली बनाउने हो भने पहिले जनताका दुःख निवारण गर्नुपर्छ । गरिबी, अभाव र असहाय अवस्थाको अन्त्य गर्दै नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘पहिले दुःख निवारण, त्यसपछि सुख प्राप्ति, यही सोचका साथ हामीले सामाजिक न्याय र समृद्धिको बाटो अघि बढाएका थियौँ ।’
सम्बन्धित खबर
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट
ओलीको गुनासो- समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा धक्का लाग्यो
दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले भने: शोकलाई शक्तिमा बदल्दै जीवनको यात्रा तय गरौँ
राजमार्गका होटललाई निर्देशन : अनिवार्य मूल्यसूची राख्नू, ग्राहकलाई बिल दिनू
रास्वपा उम्मेदवार बन्न सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा अनिवार्य
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु