बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका अभियुक्त किशोरले बयान फेरेका छन्।
बुधबार सरकारी वकिल कार्यालयमा लिइएको बयानमा अभियुक्त किशोरले बलात्कारपछि हत्या गरेको स्वीकारेका उनका बुुवाले जानकारी दिए। बुधबार सार्वजनिक गरिएका किशोरले यसअघि आफूले हत्या मात्रै गरेको बताउँदै आएका थिए। तर आज किशोरका बुबा, प्रहरी अनुसन्धान अधिकृत, सरकारी वकिलसहित रहेको टोलीले संयुक्तरुपमा लिएको बयानमा बलात्कारपछि हत्या गरेको स्वीकारेका हुन्।
‘प्रहरीले प्रारम्भिक अनुसन्धानमै किशोरीको बलात्कार गरि हत्या भएको पाइएको थियो’, डिआइजी उत्तम सुवेदीले भने, ‘आज उनले सरकारी वकिलसँगको बयानमै बलात्कार गरेको स्वीकारेका छन्।’ डिआइजी सुवेदीका अनुसार पुरानो पारिवारिक विवादका कारण आफूमा बदलाको भावना रहेकाले भागरथीको बलात्कारपछि हत्या गरेको उनले बयान दिएका छन्।
यस्तै आजै बयानका क्रममा किशोरले घटनास्थलमै भागरथीको घडी पनि रहेको बताएका थिए। किशोरले भनेकै आधारमा प्रहरीले घटनास्थलमा खोज्दै जाँदा घडी पनि फेला पारेको थियो। किशोर बुबाले भने, ‘पुरानो घरायसी रिसिइबी र विद्यालयको हाफ टाइममा जिस्क्याएको भनेर भनेको छ।’
लवलेक जङ्गलमा पुगेपछि पहिला सडकबाट धकेलेर भीरमा लडाएको त्यसपछि बेहोस अवस्थामा बलात्कार गरेको र पछि घाँटी निमोठेर हत्या गरेकोसमेत किशोरले बयान दिएका छन्।
गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लबलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन्। त्यसपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको थियो।
बुधबार नै मृतक भागरथीका दाजु शङ्कर भट्टले अभियुक्त किशोरविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न बैतडी प्रहरीलाई अनुमति दिइएको छ।
तर भागरथीका आफन्तले छोरीको हत्यामा उनी मात्रै संलग्न रहेको कुरा पत्याउन नसकिने भन्दै अझैसम्म पनि शव बुझ्न मानेका छैनन्।
सम्बन्धित खबर
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो