पोखरा, १ चैत /पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी दैनिक गर्ने कामको सूची तयार पारेर आफ्नै कार्यालयको बाहेक कार्यालय समयमा कतै बाहिर नजाने घोषणा गरेका छन् । उनले कुनै पनि कार्यक्रममा नजाने बताएका छन् । बिहीबार मेयर जिसीको सचिवालयले सूचना प्रकाशित गरेर मेयरको दैनिक कार्यसूची सार्वजनिक गरेको छ ।
मेयर जिसीले कार्यक्रममा प्रमुख अतिथि वा अतिथि भएर नजाने भनेर सूची नै तयार पारेको बताए । आफ्नै कार्यालय मातहतका कार्यक्रममा बाहेक अन्य कार्यक्रममा गएर अब समय नबिताउने मेयर जिसीको भनाई थियो । आफ्नै वडा र मातहतका कार्यक्रममा जानैपर्यो, नत्र कार्यालय समयमा बाहिरका कार्यक्रममा नजाने बताए ।
मेयर जिसीले जानै पर्ने अवस्थामा मंगलबार र शुक्रबार महत्वपूर्ण कार्यक्रममा जाने तर एक घन्टाभन्दा बढी नबस्ने मेयरका स्वकिए सचिब लक्ष्मण तिमिल्सिनाले बताए ।
उनले अबदेखि पोखराका मेयरले बिहान साढे १० बजेदेखि ११ बजेसम्म विभिन्न कार्यालय प्रमुखसँग छलफल गर्ने, बिहान ११ बजेदेखि १ बजेसम्म सेवाग्राहीका काम गर्ने र सेवाग्राहीका समस्याको सुनुवाइ गर्ने र १ देखि २ बजेसम्म राजनीतिक दलका प्रतिनिधि, कुटनीतिक नियोगका प्रतिनिधि र पत्रकारका लागि मेयर जिसीले समय छुट्याएको बताए ।
यसका लागि पनि १ दिन पहिले नै जानकारी गराउनुपर्ने तिमिल्सिनाले बताए । दिनको २ बजेपछि आवश्यकता अनुसार विभागीय प्रमुखसँग छलफल गर्ने मेयरको दैनिक कार्यसूची छ ।
यस्तो छ तालिका
विहान १०: ३० बजे देखि ११ बजे सम्म ।
विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु (कार्यालय प्रमुखहरुको भेटघाटको लागि १ दिन अगावै सचिवालयमा जानकारी गराउनु पर्ने छ ।)
बिहान ११: ०० बजे देखि १: ०० बजे सम्म ( सेवा ग्राहीहरुको लागि )
दिनको १: ०० बजे देखि २: ०० बजे सम्म (राजनैतिकदलका प्रतिनीधि, कुटनितीक नियोगका प्रतिनीधि, पत्रकार) ।
यस समयको भेटघाटको लागि १ दिन अगावै सचिवालयमा जानकारी गराउनु पर्ने छ ।
दिनको २: ०० बजे पछि आवस्यकता अनुसार विभागिय प्रमुखहरुसंगको छलफल ।
(मंगलबार र शुक्रबार बाहेकका बारहरुका लागि यो समय तालिका लागु हुने छ ।
पुनश्च: माथि उल्लेखित समयमा कार्यालय परिसर भन्दा बाहिर कुनै कार्यक्रममा सहभागि नहुने ब्यहोरा जानकारी गराईन्छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?