काठमाडौं- प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चले फैसला गरेपछि नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आपसमा लड्डु खुवाएर खुसियाली मनाएका छन्।
चितवन पुगेका अध्यक्षद्वय प्रचण्ड–माधवले एकअर्कालाई लड्डु खुवाएर खुसियालीमा मनाएका हुन्। नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल बुधबार अपरान्ह चितवन गएका थिए ।
बिहीबार हुने आमसभालाई सम्बोधन गर्न अध्यक्षद्वय चितवन पुगेका वेला सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने आदेश सुनायो । सँगै १३दिनभित्र संसद अधिवेशन बोलाउन भनेको छ ।
अदालतको आदेशबारे सूचना पाएलगत्तै प्रचण्डर माधव नेपालले एकअर्कालाई लड्डु खुवाएका छन् । उनीहरुले कार्यकर्ताहरुलाई पनि संसद पुनर्स्थापना भएकोमा बधाई दिएका छन् । भोलि हुने भनेको कार्यक्रम पनि अब विजयसभामा परिणत हुने भनिएको छ ।
‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई पदबाट तत्काल राजीनामा दिन सुझाव दिएका छन् । मंगलबार साँझ चितवनमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताएका हुन् ।
‘ओलीजी तपाईंसँग थोरै मात्र लाज, घीन, नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्’
‘ओलीजी तपाईंसँग थोरै मात्र लाज, घीन, नैतिकता छ भने तुरुन्तै राजीनामा दिनोस्’, उनले भने, ‘नत्र तपाईं इतिहासबाट मिल्काइनुहुन्छ ।’ सर्वोच्चको फैसलासँगै आफूहरूको पार्टी नै मूल पार्टी बनेको भन्दै उनले ओली समूहमा लागेका सांसदहरूलाई मूल पार्टीमा फर्किन आग्रह पनि गरे ।
उनले ऐतिहासिक फैसला गरेकाे भन्दै सर्वोच्च अदालत र संवैधानिक इजलासका न्यायाधीशहरूलाई धन्यवाद पनि दिएका छन् ।
‘ऐतिहासिक फैसला, अब संयुक्त सरकार बनाएर अगाडि बढ्छौं’: माधवकुमार नेपाल
सर्वोच्चको फैसलाले सडकको नेकपामा खुशी, प्रचण्डले भने- ‘जनताको जित हो, सबैलाई बधाई’

सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
६ हजार ३ सयभन्दा बढी यात्रुले लिए सेवा, उडानको समय तालिका परिवर्तन, सन् २०२७ सम्म बुकिङ खुला