गण्डक न्युज पोखरा, ८ चैत / प्रदेश नं. ४ को पोखरामा सञ्चालित तीन दिने महिला मञ्च एघार बुँदे घोषणा पत्र र नौ बुँदे आचारसंहिता जारी गर्दै सकिएको छ ।
महिलाको समानुपातिक, समावेशी, संलग्नता सहितको निर्णायक नेतृत्व अभ्यासका लागि विशेष योजना निर्माण तथा कार्यान्वयनका लागि नेतृत्व र सहकार्य गर्ने, हानिकारक प्रथालाई अपराधका रुपमा ग्रहण गरी यसलाई अन्त्य गर्न छाता कानुन निर्माणदेखि स्थानीय, राष्ट्रिय तहसम्म रणनीति बनाई अघि बढ्न नेतृत्व तथा सहकार्य गर्ने, महिलाको श्रमको बुझाईको दायरा अझ फराकिलो बनाई सुरक्षित रोजगार प्रवद्र्दन गर्न स्थानीय स्तरबाट नीतिगत व्यवस्था गर्न सहकार्य एवं नेतृत्व गर्ने घोषणा गरिएको छ ।
यस्तै, बाह्य रोजगारीलाई सुरक्षित बनाउने, प्राकृतिक विपत्तिमा परेका महिलाको थप जोखिम अन्त्य एवं महिलामैत्री, अपांगमैत्री वातावरण निर्माण, प्रजनन् तथा यौन स्वास्थ्य अधिकार सुनिश्चितताका लागि आवश्यक नीति निर्माण गरी कार्यान्वयन, सेवामूलवक कामलाई उत्पादनमूलक बनाई सशक्तिकरण गर्ने लगायतका विषय घोषणापत्रमा छ । महिलाको वंशीय हकलाई उपयुक्त कानुन बनाई कार्यान्वयनमा ल्याउनुपर्ने, नागरिकतामा महिलाको समान हक स्थाापित गर्न माग गरिएको छ ।
पोखरा लेखनाथ महानगरपालिकाको सहकार्यमा सोमबारदेखि महिला मञ्च संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधार, महिलाको आफ्नो शरीर, श्रम र पहिचानमा आफ्नो अधिकार भन्ने मुल नाराका साथ आयोजना गरिएको थियो ।
चार नम्बर प्रदेश स्तरीय महिला मञ्च २०७४ मा प्रदेश नं ४ का स्थानीय तहका जनप्रतिनिधि महिलाहरू र ११ वटै जिल्ला स्थित महिला मानव अधिकार रक्षकहरूको सहभागिता थियो । घोषणा पत्र र आचारसंहिता जारी गर्दै महिला मानव अधिकार रक्षक संजालकी केन्द्रिय अध्यक्ष डा. रेणु अधिकारीले महिला भएकै कारण जनप्रतिनिधिले काम गर्न नसकेको ठोकुवा गरिन् । उनले महिला जनप्रतिनिधिको नेतृत्व भएका स्थानमा राम्रा कामहरु सुरु भएको उल्लेख गरिन् ।
केन्द्रिय कोषाध्यक्ष सिर्जना पुन मगरले आफू समेत रेष्टुराँमा काम गर्ने महिला भएको जनाउँदै आफूहरुले भोगेको तीतो अनुभव अरुले भोग्न नपरोस् भनेरै यसरी महिला सशक्तिकरण अभियानमा लागेको स्पष्ट पारिन् ।
महिला मानब अधिकार रक्षक संजाल कास्कीका पूर्व संयोजक सरला कुमारी पाण्डेको संयोजकत्वमा कार्यक्रम संयोजन समिति गठन गरिएको थियो । अधिवक्ता समेत रहेकी पाण्डेले सतही रुपमा महिलामाथि टिप्पणी गर्ने गरेकोमा गुनासो गरिन् ।
कार्यक्रमको अध्यक्षता समेत गरेकी महिला मानव अधिकार रक्षक संजाल कास्कीकी अध्यक्ष जानकी शर्माले कार्यक्रम सफल भएको बताईन् । कार्यक्रमको सञ्चालन संजालकै सदस्य, पत्रकार सरिता तिम्सिना पंगेनीले गरेकी थिईन् ।
महिला मानव अधिकारकर्मीहरु महिला मञ्चको अभियान लिएर अहिले दे श दौ डाहामा छन् । प्रदेश नं. ४ सहित पाँच वटा प्रदेशमा कार्यक्रम सम्पन्न गरिसकेका छन् । सातै प्रदे शमा प्रदे शस्तरमा र त्यसपछि राष्ट्रियस्तरमा आयो जना गरिने सो महिला मञ्चले समानता र सामाजिक न्यायमा आधारित संघीय लो कतान्त्रिक गणतन्त्र संस्थागत गर्न सामाजिक सांस्कृतिक रुपान्तरणको मुद्दालाई अघि सारे को छ ।
जनप्रतिनिधिहरुलाई राज्य सञ्चालन प्रक्रियामा समानता र सामाजिक न्यायको अवधारणा र महिलालगायत उत्पीडित वर्ग समुदायको वास्तविक समस्या आत्मसात गर्न प्रे रित गनेर् , सबै खालका विभे द अन्त्यका सन्दर्भमा अवधारणागत स्पष्टता ल्याउने , सही विधि स्थापित गनेर् सवालमा जनप्रतिनिधिहरु स्वयंको ने तृत्व स्थापित गर्न कार्यक्रमले मार्गनिर्देश गरे को छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु