गण्डक न्युज पोखरा, ८ चैत / पोखरामा दुई दिने बैकिङ बिमा एक्स्पो हुने भएको छ । बैकिङ सूचना प्रवाह गर्ने तथा वित्तिय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले पोखरा नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा आगामी चैत्र ११ र १२ गते बैकिङ बिमा एक्स्पो हुने बित्तीय जागरण राष्ट्रिय अभियानले जनाएको छ । मिडिया इन्टरनेशनलको आयोजनामा एक्स्पो हुन लागेको हो ।
सर्वसाधरणमा बैकिङ पहुँच बढाउँदै बैंकबाट कर्जा लिएर उद्यमशिलताको विकास गर्न समेत एक्स्पो प्रभावकारी हुने आयोजकको बिश्वास छ । अभियानका संयोजक माधव निर्दोषले बैकिङ क्षेत्रको पहुँचमा नरहेकालाई सेवा दिएर स्वदेशमा उद्यमशिलताको प्रबद्र्धन गर्नु नै कार्यक्रमको मुख्य उद्धेश्य हुने बताए । साथै बिमाको बिकास, बिस्तार तथा बिमाको आवश्यकता र महत्वका बारेमा एक्स्पो मार्फत आम नागरीकले सही सुचना पाउने आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक पोखराका कामु निर्देशक तिल बहादुर गुरुङले अझै पनि ६० प्रतिशत बढी नागरिक बैकिङ पहुँच बाहिर रहेको जनाउँदै चेतनाको अभाव रहेकोले घरमै पैसा थुपार्ने गरेको बताए । उनले एक्स्पो प्रभावकारी हुने बताए ।
डेभलपमेन्ट बैंकर्स एसोशियसनका वरिष्ठ उपाध्यक्ष गोबिन्द प्रसाद ढकालले वित्तिय सेवाको पहुँच रहेको अवस्थामा आम नागरीकमा बैकिङ सचेतना अभिबृद्धी गर्न यस्ता कार्यक्रमहरु प्रभावकारी हुने बताए ।
डेभलपमेन्ट बैंकर्स एसोशियसनका सचिव तथा गण्डकी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा, ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारी, पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङ लगायतले एक्स्पो मार्फत बित्तिय सचेतना फैलाउनुपर्नेमा जोड दिए ।
एक्स्पोमा बिभिन्न बैंक तथा वित्त र बिमा कम्पनीहरुको सूचनामुलक स्टलहरु रहनेछन् । साथै बैकिङ लगानी, कर्जा, उद्यमशिलता, बैकिङ तथा बिमा टेक्नोलोजी एवं बिमाको महत्वका बिषयमा अन्तरक्रियात्मक कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ ।
यसअघि, काठमाडौ र इटहरीमा भैसकेको एक्स्पो पोखरामा भने पहिलो पटक हुँदैछ । मिडिया इन्टरनेश्नलको आयोजना, नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा बिमा समितिसँगको साझेदारीमा हुने कार्यक्रमलाई नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन, नेपाल वित्तीय संस्था संघ र माइक्रो फाइनान्स बैंकर्स एशोसियसनले सहयोग गर्नेछन् । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कञ्चन थापाले गरेकी थिईन् ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?