पोखरा, ९ चैत / पोखरा उपत्यका नगर विकास समितिले आफ्नो स्वामित्वमा रहेको पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ न्यूरोड स्थित जग्गामा आकर्षक पार्क बनाउने भएको छ । समितिको १५४ औं वैठकको निर्णय अनुसार पार्क बनाउन लागिएको समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले जनाए ।
सरकारी स्वामित्वमा रहेका कार्यालयहरुले आफ्नो मातहतमा रहेका जग्गाहरुबाट भाडा उठाउने काम मात्रै नभई जनतालाई सुविधा दिनुपनि राज्यको कर्तव्य ठानी नगर विकास समितिले सो जग्गामा पार्क बनाउन लागेको अध्यक्ष श्रेष्ठले बताए । साथै, उनले शहर बजारको वीच वीचमा आकस्मिक आपतकालीनका लागि खाली जग्गा आवश्यक हुने भएकाले पनि पार्क बनाउन लागिएको श्रेष्ठले जनाए ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ स्थित सभागृह माथि पुरानो यातायातको जग्गा समितिले यातायात कार्यालयलाई आफ्नो स्वामित्वमा रहेको अहिले यातायात कार्यालय भवन रहेको पोखरा –९ कै शान्ति वनवाटिका नजिकको जग्गा दिई सो जग्गा समितिले लिएको थियो ।
समितिको वैठकको निर्णयबाट सो जग्गाको क्षेत्रफल अनुसार जतिसक्दो आकर्षक पार्क बनाउने र सो पार्कभित्र पत्रपत्रिका पढ्ने स्थान समेत बनाइने योजना रहेको अध्यक्ष श्रेष्ठले बताए । साथै उनले पार्क निर्माणका लागि कार्यालयको तर्फबाट जग्गाको नापजाँच र डिजाइन भइरहेको समेत जनाए ।
सम्बन्धित खबर
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए