पोखराको बुलौदीमा बिहीबार राती दुर्घटना भएको छ । जिरो किमि हुँदै लेकसाइडतर्फ जादै गरेको ग४प ६६९२ नम्बरको स्कुटर दुर्घटना हुदाँ एक जना गम्भिर घाईते भएका छन् ।
घाईतेको नाम र ठेगाना खुलेको छैन भने उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगेको प्रहरीले जनाएको छ । बुलौदीको ओरालो कटेपछि कुकुरलाई बचाउन खोज्दा दुर्घटना हुन पुगेको स्थानीयले बताएका छन् । दुर्घटनामा परेको स्कुटको अगाडीको भागमा क्षति पुगेको छ ।
धेरै वर्ष अघि ओरालोमा ट्याक्सी दुर्घटना हुँदा चालककै ज्यान गएको थियो । गत माघ २० गते हल्नचोकबाट जिरोकिलोमिटर तर्फ गएको भेन बुलौदीमा नै दुर्घटना भएको थियो । चार जना सामान्य घाईते भएका थिए । चालकले मापसे गरेको अवस्थामा भेटिएका थिए ।
गाडी सडकको डिभाइडमा ठोकिएर करिब २० मिटर सम्म लतारीदै गएको थियो ।
यस्तै, गत वर्ष चैत २६ गते स्कुटर नै दुर्घटना हुँदा दुई किशोर गम्भिर घाईते हुन पुगेका थिए । बुलौदीमा ग१०प ८१०१ नम्बरको स्कुटर दुर्घटना हुँदा पोखरा ७ बस्दै आएका १७ वर्षिय आविष्कार पराजुली र नमस्ते चिल्ड्रेन होममा बस्ने १६ वर्षिय धिरज तामाङ घाईते भएका थिए ।
सम्बन्धित खबर
गण्डकी मुख्यमन्त्री अधिकारीले २३ गते ३ बजे विश्वासको मत लिँदै
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
कुश्मा वडा नं. २ मा ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम प्रभावकारी
स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति
सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण गर्न टोली पोखरामा
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग