जिल्लाकै विकट गाउँमध्ये एक प्रोवीगाउँमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्दा स्थानीयवासी हर्षित भएका छन् । गण्डकी प्रदेश सरकार र मस्र्याङदी गाउँपालिकाको आर्थिक सहयोगमा ३१ घरधुरी रहेको वडा नं २ प्रोवीगाउँमा पहिलोपटक शनिबार पुग्दा यहाँका स्थानीयवासी हर्षित भएका हुन् ।
गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दबाडीले प्रसारण लाइनको उद्घाटन कार्यक्रममा शनिबार गण्डकी प्रदेशले प्रदेशका सबै गाउँठाउँलाई उज्यालो बनाउने उद्देश्यका साथ तीव्रगतिमा काम गरेको बताए। यसअघिका सरकारले गर्न नसकेको काम केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सरकार आएपछि ठूला–ठूला विकासले गति पाउन थालेको उनको भनाइ छ । जनताको अत्यावश्यकतालाई मध्यनजर गरी विकासको गति बढाएकाले ढिलो चाँडो सबै जनताले विकासको अनुभूति गर्न पाउने भएकाले सबैलाई आशावादी हुन आग्रह गरे।
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले नागरिकको आवश्यकता पूरा गर्नका लागि तीनवटै तहको सरकार लागिपरेकाले विकासले गति लिन थालेको बताए । वर्तमान सरकारका कारण नै यस गाउँका स्थानीयवासीले वर्षौँवर्षदेखिको उज्यालो गाउँ देख्ने सपना पूरा भएको उनको भनाइ छ ।
अन्धकारमा जीवनयापन गर्दै आएका यहाँका स्थानीयवासी घरघरमा बिजुली पुगेपछि धेरै खुशी भएका छन् । यसअघि टुकीको भरमा जीवनयापन गर्नुपर्दा रातिको समयमा गाउँमा कोही दुःख बिमार हुँदा, कुनै कार्यक्रमका बेला र बालबच्चाको पठनपाठनमा समेत समस्या हुँदै आएको स्थानीयवासीको भनाइ छ । अबदेखि भने मोबाइल चार्ज गर्न, टिभी, रेडियो बजाउन तथा सुन्नदेखि सूचना प्रवाह गर्नलाई समेत सहज भएको स्थानीयवासी राममाया गुरुङले बताए ।
गाउँमा बिजुली पुर्याउन दुई वर्षअघिबाट काम शुरु गरे पनि विविध कारणले यतिका समय लागेको थियो बताए । यस वडामा रु ४५ लाख ५० हजारमा राष्ट्रिय बिजुली पुगेको छ । सो रकममध्ये प्रदेश सरकारको रु ३५ लाख ५० हजार र गाउँपालिकाको रु १० लाख रहेको बताइएको छ ।
त्यस्तै वडा नं ३ जिम्दोगाउँमा समेत शुक्रबार बिजुली पुगेको छ । तामाङ समुदाय मात्र रहेको यस गाउँमा रु २९ लाख ५० हजार लागतमा बिजुली पुगेको वडाध्यक्ष प्रेमबहादुर बस्नेतले बताए। उहाँका अनुसार गण्डकी प्रदेश सरकारको उज्यालो प्रदेश कार्यक्रमअन्तर्गतको रु २० लाख र गाउँपालिकाको रु साढे नौ लाख रहेको थियो ।
सम्बन्धित खबर
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
लमजुङको दूधपोखरीमा नुहाउने क्रममा भुजुङका १८ वर्षीय किशोर बेपत्ता
लमजुङमा पहिरोले पुरिएर मजदुरको मृत्यु
लमजुङ कारागारको पर्खाल भत्किएपछि सबै कैदी र थुनुवालाई पोखरा र दमौली सारियो
बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’