पोखरा, ११ चैत / बाराही बचत तथा ऋण सहकारीले शनिबार आयोजना गरेको शिविरमा ३ सय ५ जनाको निशुल्क जाँच गरिएको छ । सहकारीले सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा मधुमेह तथा रगत हुने खराब बोसो सित्तैमा परीक्षण गर्ने व्यवस्था मिलाएको हो ।
कार्यक्रममा ग्यास्ट्रो केयर प्रालि(पेट तथा कलेजो उपचार केन्द्र) का डा सुवास भट्टराईले मधुमेह तथा रगतमा हुने खराब बोसो नियन्त्रण र यसका उपचारबारे प्रकाश पारे । समुदायमा यी रोगबारे अनेक भ्रम रहेकाले भ्रमको पछि नलाग्न आग्रह गरे ।

‘मधुमेहमा भात खानै हुन्न, यसको मुख्य कारण वंशाणुगत हो भन्ने भ्रम हो,’ उनले भने, ‘समस्या भातमा होइन, भातको मात्रामा छ ।’ डा भट्टराईले चुरोट, रक्सी सेवन नगर्न, शारीरिक व्यायम गर्न र प्राकृतिक खालका खानेकुरा खान सुझाव दिए ।
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले समुदायसँग सहकार्य गर्दै युआरएल अघि बढ्ने बताए । उनले स्थापनादेखि विभिन्न संघ, संस्थासँगको सहकार्यमा भएका ४७ शिविरमार्फत् २७ हजारले सेवा पाएको उल्लेख गरे । पन्तले भने, ‘अत्यावश्यक सेवा र स्वास्थ्य चेतना सर्वसाधारणले सँगसँगै पाउन भनी शिविरहरु आयोजना गरेका हौं ।’
सहकारीका अध्यक्ष दुर्गाबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष महेन्द्र श्रेष्ठ र सञ्चालन सहकारीका सञ्चालक समिति सदस्य राधिका शर्माले गरेका थिए ।

सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो