पोखरा । रुपा गाउँपालिकामा नेविसंघले आफ्नो शाखा विस्तार गरेको छ । बिहीवार रुपाकै सबैभन्दा ठूलो विद्यालय पृथ्वी रुपामा नेविसंघले आफ्नो शाखा विस्तार गरेको हो ।
सम्झना सुनारको अध्यक्षतामा रुपा ६ को पृथ्वी रुपामा नेविसंघ इकाइ समिती गठन गरिएको हो । समितिको
उपाध्यक्षमा अमन गुरुङ र सुसान्त ज्ञवाली । सचीवमा सपना सुनार यसैगरी सहसचिव शिशिर लामिछाने र
कोषाध्यक्ष विनिता परियार चयन भएका छन् ।
यस्तै सदस्यमा दिपा अलि, अविशेक सुनार, पारस सुनार सहित ९ जना सहितको समिती गठन गरिएको हो ।
संगठन विस्तारको कार्यक्रममाको अध्यक्षत नेविसंघ रूपा ६ का सभापती सुमन सुबेदी र प्रमुख अतिथि( नेविसंघ कास्की १ का क्षेत्रीय सभापती सागर रानाभाट विशिष्ठ अतिथि बिमान प्रधान, राजीव भण्डारी रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाभाटले रुपाकै ठूलो स्कुलमा नेविसंघको शाखा विस्तार गर्नु ठुलो उपलब्धि रहेको दाबी गरे । उनले भ्रष्ट ओली सरकारदेखि रुष्ट विद्यार्थी आफै नेतृत्वमा आउन कदम चालेको धारणा राखे ।
विशिष्ठ अतिथि राजीव भण्डारी र विमान प्रधानले नेविसंघले संगठन विस्तार मात्र नभई विद्यार्थीको हक र अधिकारबारे पनि लड्ने बताए । कार्यक्रमको सञ्चालन निरोज लामीछानेले गरेका थिए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष