गण्डक न्युज पोखरा, १२ चैत / पोखरामा पछिल्लो समय बाइक चोरीको घटना बढेको छ । बाइक चोरको बिगबिगी भएकाले नै घटनामा वृद्धि भयो । चोरी भएका केहि मोटरसाइकल स्कुटर फेला परेपनि बुलेट जस्ता बाइकहरु फेला पर्न नै सकेका छैनन् ।
कास्की प्रहरीले अहिले ठूलो सफलता हात पारेको छ । उसले बाइक चोरी गर्ने गिरोह नै समातेको छ । पोखरा र नजिकै भिमादक्षेत्रबाट १९ जना बाइक चोरहरुलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । उनीहरुका साथबाट ९ वटा चोरी भएका बाइक समेत नियन्त्रणमा लिइएको छ ।
कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले दिउँसो ३ बजे पत्रकार सम्मेलन नै गरेर बाइक चोरी गर्ने र चोरी भएका बाइक सार्वजनिक गर्ने जनाए ।
प्रहरी स्रोतका अनुसार उनीहरुले बाइक चोरीलाई पेशा कै रुपमा अघि बढाएका थिए । कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेपछि उनीहरुको च्यानलका सबै नियन्त्रणमा लिन सफल बनेको हो । ग्यारेजमा काम गर्ने कामदार समेत चोरीमा संलग्न भएका थिए ।

अमरसिंहचोक स्थित आफ्नै घरभित्र राखिएको यो नयाँ बुलेट बाइक ६ महिनासम्म फेला पार्न सकेन कास्की प्रहरीले ।
पोखराका मुख्य मुख्य भिडभाड हुने स्थान, विशेष गरी रातको समयमा बाइक चोरी गरी ग्यारेजका कामदारको सहयोगमा भिमाद कटाउने गरेको रहस्य खुलेको छ । प्रहरीले पनि दुई जना पक्राउ गरिसकेपछि उनीहरुकै तरिका अपनाएर अरुलाई पक्रन सफल भएको हो ।
अस्पताल, बैंक लगायतका स्थानमा राखिएको ह्विल लक् बाहेक बाईक जति सुकै ह्याण्ड लक गरेर राखिएको भएपनि सहजै चोर्न सक्ने उनीहरु पेशेवर चोर हुन् ।
पोखराबाट भिमाद कटाएर ग्रामिण भेगमा बाइक बेच्ने गरेको रहस्य खुलेको छ । बाइक चोरहरुको परिचय दिउँसो पत्रकार सम्मेलनमार्फत उनीहरुको नाम सार्वजनिक गर्दैछ ।

सम्बन्धित खबर
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर