पोखरा – सरकारले कोरोना महामारी फैलिने जोखिम रहेकाले समूहमा भेला भएर होली नखेल्न आग्रह गरेपछि गत वर्ष जस्तै यस वर्षपनि पोखरामा होली सुनसान बनेको छ ।
छिटफुट रुपमा पारिवारिक सदस्य तथा युवायुवती दुई चारजनाको समुहमा सडकमा होली खेलेको भएपनि गत वर्ष जस्तै यस वर्षपनि होलीको रौनक पोखरामा नदेखिएको हो ।
होलीको दिन गुल्जार रहने पोखराको मूख्य केन्द्र लेकसाइड यसवर्ष पनि कोरोना प्रभावका कारण सुनसान देखियो । विशेष गरी विदेशी पर्यटकका लागि नयाँ र विलकुलै नौलो उत्सव बन्दै आएको रङ्गहरुको पर्व होलीलाई लक्षित गर्दै विगतका वर्षहरुमा थुप्रै पर्यटक पोखरा आउने गर्दथे । तर, कोरोना संक्रमणकै कारण लामो समयको बन्दाबन्दीले थला परेको लेकसाइडको पर्यटनले गती नलिंदै पुनः संक्रमण दर बढ्न थालेको भन्दै प्रशासनले उर्दी जारी गरेपछी होलीको दिन सडक छिचोल्नै हम्मेहम्मे पर्ने लेकसाइडको सडक यस वर्षपनि खासै चहलपहल देखिएन ।
कोरोना संत्रासका कारण होली प्रभावित हुँदा लेकसाइड मात्र नभई पोखरा सहर नै शान्त बनेको छ । विगतका वर्षहरुमा होलीको दिन थुप्रै दुर्घटनाहरु हुने गरेको भएपनि होली सुनसान हुँदा यसवर्ष सडक दुर्घटना रोकिएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । “सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै आज पोखराका विभिन्न २१ स्थानमा कडा चेकिङ चलिरहेको छ तर, अहिलेसम्म अवस्था शान्त छ, दुर्घटनाको सूचना आएको छैन, हमालले गण्डक न्युजसँग भने ।” यद्यपी ट्राफिक नियम विपरीत सवारीसाधन चलाउने झन्डै २३ वटा मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिइएको प्रवक्ता हमालले जानकारी दिए।”विभिन्न चेकिङ पोष्टबाट विना हेलमेट सवारी चलाएका, तीनजना मोटरसाइकलमा सवार रहेका र अनियन्त्रित तरिकाले मोटरसाइकल कुदाएकाहरुलाई नियन्त्रणमा लिइएको हो” हमालले भने ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह