गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनकविकेशरी धर्मराज थापाले नेपाली लोकसंगीतमा पुर्याउनुभएको योगदान अविष्मरणीय रहेको बताएका छन् ।
धर्मराज–सावित्री थापा प्रतिष्ठानले जनकविकेशरी थापाको १०२ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले लोकगीतमै नेपालीपन देख्ने थापाले लोक साहित्य, संस्कृति एवं लोकगीत संगीत विधामा थापाले उल्लेखनीय योगदान पुर्याउनुभएको स्मरण गरे ।
‘नेपाली लोकगीतको ढुकढुकी, माटोको सुगन्ध बोकेका कालजयी सर्जक धर्मराज थापा नेपाली गाउँबेसी, उकाली–ओराली र पाखा–पखेराका भाकाहरूलाई सङ्कलन गरी तिनलाई राष्ट्रिय पहिचान दिने एक संवाहक हुनुहुन्थ्यो ।’ प्रदेश प्रमुख भट्टले भने – ‘उहाँले गाउँ–गाउँ पुगेर हराउन लागेका लोक धुन र भाकाहरू संकलन गर्नुभयो । उहाँका कालजयी सिर्जनाहरू आज पनि नेपाली मनमस्तिष्कमा उत्तिकै जीवन्त रहेका छन् । उहाँका गीतहरूमा देशप्रेम, प्राकृतिक सौन्दर्य र नेपाली समाजको वास्तविक तस्बिर झल्कन्छ ।’
नेपाली हुनुमा गर्व गर्ने र नेपाली माटोलाई माया गर्ने हरेक पुस्ताका लागि धर्मराज थापाका सिर्जनाहरू मार्गदर्शक रहेको प्रदेश प्रमुख भट्टको भनाई थियो । ‘आजको यो आधुनिक र पश्चिमा संस्कृतिले प्रभाव पार्दै गएको समयमा धर्मराज थापाजस्ता महान् साधकको योगदानलाई स्मरण गर्नु अझ बढी सान्दर्भिक भएको छ ।’ उनले भने ।
हाम्रो मौलिक लोक कला र संस्कृति नै हाम्रो पहिचान रहेको बताउँदै उनले थपे – ‘हामीले केवल उहाँका गीत गाएर वा उहाँको सम्झनामा कार्यक्रम आयोजना गरेर मात्र उहाँप्रति सम्मान व्यक्त गरेको ठहरिँदैन । उहाँले देखाउनुभएको सांस्कृतिक संरक्षणको अभियानलाई निरन्तरता दिनु, लोकसाहित्यको अनुसन्धानलाई प्रोत्साहन गर्नु, युवा पुस्तालाई लोकसंस्कृतिसँग जोड्नु तथा मौलिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’
कुनै पनि राष्ट्रको वास्तविक पहिचान त्यसको भाषा, साहित्य, संस्कृति र लोकजीवनमा सुरक्षित रहेको हुन्छ भन्दै प्रदेश प्रमुख भट्टले ती सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने स्रष्टाहरू राष्ट्रका अमूल्य सम्पत्ति रहेको बताए ।
प्रतिष्ठानका अध्यक्ष मदनराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुशुमाकर न्यौपाने लगायतले बोलेका थिए । उक्त अवसरमा प्रतिष्ठानले लोक संस्कृति साहित्य पुरस्कारबाट विशिष्ट साधक विश्वप्रेम अधिकारी र लोकसंगीत पुरस्कारबाट भैरव सांस्कृतिक संरक्षण समिति पोखरालाई नगदसहित सम्मान गरिएको थियो ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन