उमेरले ९१ वर्ष पुगे पनि कास्कीको मादी गाउँपालिका–९ छाप मैदानकी द्रौपदी जमरकट्टेलका जीवनमा कहिल्यै खुशी आएन । चिसो–तातो मिलाएर छोराछोरी, बुहारी तथा नातिनातिनालगायत आफन्तले खाना खुवाउने तथा स्याहारसुसार गर्नुपर्ने अवस्थामा बेसहारा जमरकट्टेलले यतिखेर दर्दनाक जीवन बिताउँदै आईरहेकी छन् ।
पाँच छोरी र एक छोराकी अभिभावक जमरकट्टेल विगत सात वर्षयता श्वासप्रश्वासलगायतका समस्याले ग्रसित भए पनि उपचार नपाउँदा कष्टकर जीवन बिताउन बाध्य छन् । चैत महिनाको दोस्रो साता मादी–९ गोर्जेमा पर्खालको सहायतामा झुत्रो गुन्द्री बिछ्याएर गुन्द्री नै ओढेको अवस्थामा भेटिएकी जमरकट्टेलले वर्षौँदेखि कष्कटर जीवन बिताउँदै आएको स्थानीयवासीले बताए ।
स्थानीयवासीका अनुसार वर्षौँ पहिले श्रीमान्ले कान्छी लिएर गाउँ छाडेपछि द्रौपदीका दुःखका दिन शुरु भएका हुन् । श्रीमान् अहिले कान्छी श्रीमतीका साथ कास्की जिल्लाको रुपा गाउँपालिका–७ हंसपुरमा बसोबस गछिन् । पाँचवटी छोरी विवाह भएर आ–आप्mनै घर लागिसकेका छन् भने घरमा भएका छोरा नसा र हाडसम्बन्धी रोगबाट ग्रसित छन् । आफू पनि अशक्त र बुढ्यौलीले छोएर आर्थिक विपन्नताका कारण उपचार गर्न नपाएको उनका छोरा नरनाथ जमरकट्टेलले बताए ।
बुबाले आफूहरु सानै छँदा कान्छी आमा लिएर हिँडेको बताउँदै उनले छ छोराछोरीको पालनपोषणका लागि आमाले विगतमा निकै सङ्घर्ष गर्नुभएको अनुभव सुनाउनुभयो । दिदीबहिनी विवाह भई गइसकेको र आफू शारीरिकरूपमा अशक्त भएका कारण चाहेर पनि आमाको उपचार गर्न नसकेको उनले दुखेसो गरिन।
“पोखराको फिस्टेल अस्पतालमा उपचार गर्न त लगियो, उपचार गर्दा पेटसम्बन्धी समस्या देखियो”, उनले सुनाइन्, “चिकित्सकले पुनः परीक्षणका लागि बोलाए पनि पैसा नहुँदा अस्पताल लैजान सकिएन, सात वर्षयता नजिकको स्वास्थ्यचौकीबाट ग्यास्ट्रिक र दमको औषधि ल्याएर निरन्तर खुवाउने गरेका छौँ ।”
त्यसै बेलादेखि आमाको बोलीसमेत नआउने गरेको र हातको इशाराले बोलाउने गरेको बताउँदै उनले पैसा भएमा अस्पताल लगेर राम्रोसँग उपचार गर्ने इच्छा रहेको बताए । ‘दिनभरि चौरमा बस्नुहुन्छ’, साँझ परेपछि घरको कोठामा ल्याउने गरेको द्रौपदीको सेवामा लागेकी बुहारी सम्झना जमरकट्टेलले बताइन्। उनले , “कोठामा बसिरहँदा दमको रोगले बढी च्याप्ने हुँदा दिनमा बाहिर घाममा राखेर आप्mनोतर्पmबाट सक्दो सेवा गर्दै आएका छौँ । दुई छोरीका अभिभावक उनहरुको हिमालय मावि नजिकै रहेको जस्ताले छाएको सानो घरसहित साढे दुई रोपनी जग्गा छ ।
सोही स्थानमा सञ्चालित हिमालय मावि गोर्जे र वडा नं ९ को नवनिर्मित भवनको अनुगमनमा पुग्नुभएका जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले सरकारले ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरे पनि दूरदराजका ज्येष्ठ नागरिकले उक्त सेवा लिन नसकेको बताए ।
“ज्येष्ठ नागरिक द्रौपदी प्रतिनिधि पात्र मात्र हुनुहुन्छ, यस्ता धेरै ज्येष्ठ नागरिक सरकारी उपचारको पहुँचमा अझै पनि पुग्नसकेका छैनन्”, उनले भने, “यस्ता अभिभावकको उपचारमा सबै क्षेत्रको साथ र सहयोगको आवश्यक पर्दछ ।”
उनले द्रौपदीका छोरा नरनाथलाई आमाको उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल ल्याउन सुझाव दिँदै समस्या परेमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखराबाट लेखनाथ हुँदै कालिका, सौर्य, भगवतीटार, घुम्ले हुँदै लगभग चार घण्टाको अवधिमा पुग्न सकिने सो स्थानसम्म पुग्नका लागि कच्ची मोटरबाटो निर्माण गरिएको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो