गोरखाको बारपाक घुम्न गएका शिक्षक चढेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालिका शिक्षा शाखा प्रमुखसहित सात जना घाइते भएका छन् ।
ना ५ च ३२९८ नम्बरको जिप दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका वडा नम्बर २ बिचौरस्थित बागिश्वरी माध्यमिक विदयालयमा पढाउने दुई जना शिक्षकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएस्पी प्रकाश दाहालले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा विद्यालयका प्रधानाध्यापक रामेश्वर न्यौपाने र शिक्षक ठाकुर दवाडी छन् । दुर्घटनामा गम्भिर घाइते उनीहरुलाई थप उपचारका लागि गोरखा अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घाइते हुनेमा गाउँपालिका प्रमुख सुशिल नराल छन् । यस्तै विद्यालयकै अन्य ७जना शिक्षक घाइते छन् । साँघुरो बाटोमा ब्रेक नलागेपछि भित्तामा ठोक्काउने क्रममा जीप पल्टिएर भीरबाट खसेको थियो । झण्डै डेढ सय मीटर तल दरौँदी नदीमा खसेको जीपबाट गएराती उद्धार गरेर शिक्षकहरुलाई अस्पताल लगिएको थियो । घाइतेमध्ये दुई जना शिक्षकलाई पोखरा र एक जनालाई भरतपुर पठाइएको छ । उनीहरुको अधिंकाश टाउकोमा चोट लागेको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु