गोरखाको बारपाक घुम्न गएका शिक्षक चढेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालिका शिक्षा शाखा प्रमुखसहित सात जना घाइते भएका छन् ।
ना ५ च ३२९८ नम्बरको जिप दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका वडा नम्बर २ बिचौरस्थित बागिश्वरी माध्यमिक विदयालयमा पढाउने दुई जना शिक्षकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएस्पी प्रकाश दाहालले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा विद्यालयका प्रधानाध्यापक रामेश्वर न्यौपाने र शिक्षक ठाकुर दवाडी छन् । दुर्घटनामा गम्भिर घाइते उनीहरुलाई थप उपचारका लागि गोरखा अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घाइते हुनेमा गाउँपालिका प्रमुख सुशिल नराल छन् । यस्तै विद्यालयकै अन्य ७जना शिक्षक घाइते छन् । साँघुरो बाटोमा ब्रेक नलागेपछि भित्तामा ठोक्काउने क्रममा जीप पल्टिएर भीरबाट खसेको थियो । झण्डै डेढ सय मीटर तल दरौँदी नदीमा खसेको जीपबाट गएराती उद्धार गरेर शिक्षकहरुलाई अस्पताल लगिएको थियो । घाइतेमध्ये दुई जना शिक्षकलाई पोखरा र एक जनालाई भरतपुर पठाइएको छ । उनीहरुको अधिंकाश टाउकोमा चोट लागेको छ ।
सम्बन्धित खबर
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पोखरासहित गण्डकी क्षेत्रमा सार्वजनिक यातायातमा विद्युतीय साधन बढ्दै
पोखरा–मुग्लिन सडक खण्डमा विजयपुर खोलासहित चार ठाउँमा पुल बनाइँदै
लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ
गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा
पुतलीबजार पूर्ण खोप सुनिश्चितता नगर घोषित
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग