जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले माग पूरा गर्ने दलसँग मिलेर सरकार बनाउने बताएका छन् ।
जनकपुरधाममा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘ विगतमा कांग्रेस, एमाले र माओवादीसँग मुद्दा र माग पूरा गराउन आग्रह गरेकै हौं।तर त्यस बेला कसैले ध्यान दिएन् । अब जसले माग पूरा गर्छ, उसैसँग मिलेर सरकारमा जान्छौं ।’
नेता महतोले सत्ता समीकरणको विषयमा आफ्नो पार्टीले उपयुक्त समयमा उपयुक्त निर्णय लिने समेत बताए । ‘पहिला आफ्नै नेतृत्वमा सरकार बनाउन छलफल गर्छौं, नभएमा विकल्पको खोजी गर्छौं ।’
उनले कांग्रेसको नेतृत्वमा सरकार बनाउने एजेण्डा कांग्रेसकै भएको बताए। ‘कांग्रेसको एजेन्डामा हामीले काम गर्नुपर्छ भन्ने छैन’ उनले भने, ‘हामी आफ्नो एजेन्डालाई अगाडि बढाउँछौँ।’
नेता महतोले आफूहरुको मुद्दा सम्बोधन गर्दै माग पूरा गरे वर्तमान सरकारलाई पनि धन्यवाद दिन तयार रहेको बताए । उनले भने, ‘माग पूरा गरे वर्तमान सरकारलाई पनि धन्यवाद दिन तयार छौं, नभए विकल्प खोज्छौं।’
कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता, बन्दीको रिहा, संविधान संशोधन, नागरिकता विधेयक, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेजस्ता प्रमुख माग रहेको उनको भनाइ छ ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार