पोखरा, १६ चैत । कास्की, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, स्याङ्जा, वागलुङ, नवलपरासी लगाएतका जिल्लामा रहेका एनसेल टावर बिहिबार राति ध्वस्त बनाइएको छ ।
एनसेल कर नतिर्ने भन्दै ध्वस्त पारिएको नेकपाले जनाएको छ । कास्कीको लामा गाउँमा रहेको एनसेल टावरमा पनि राती नै आगजनी गरि ध्वस्त पारिएको खबर छ ।
यस्तै, कपिलवस्तुको विजयनगर गाउपालिका जुटपानिमा र बाणँगगा नगरपालिका जिनउमा रहेका २ एनसेल टावरमा पुर्ण रुपमा ध्वस्त भएको बुझिएको छ । यस्तै रुपन्देहीको रुद्रपुरमा रहेको एनसेल टावर समेत अागो लगाएर ध्वस्त पारिएको छ ।
यसैबीच, नवलपरासीमा रहेको टावर माथि पनि अागजनि गरि ध्वस्त पारिएको बुझिएको छ । यस्तै स्याङ्जाको विर्घामा, पाल्पाको माथगढि, गुल्मीमा पनि एनसेल टावर ध्वस्त भएको छ ।
यस्तै, बागलुङको कोठेखोला,सिन्धुलीको कपिलाकोट लगाएत देशभरका विभिन्न एनसेल टावर मध्यराति टावर ध्वस्त भएको छ ।

गोरखा एनसेलमा आगलागी
गोरखाको गण्डकी गाउँपालिका ५, गैरीछापमा रहेको एनसेल मोबाइलको टावरमा आगजनी भएको छ । बिहिबार राति अज्ञात समूहले टावरमा आगजनी गरेको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए ।
टावरमा प्रयोग हुने उपकरणहरु, जेनेरेटर, तारहरु जलेर नष्ट भएको उनले बताए । घटनाको अहिलेसम्म जिम्मेवारी कसैले नलिए पनि नेत्रविक्रम चन्द(बिप्लव) नेतृत्वको नेकपाले नै जलाएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।

सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार