गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो चरित्र हत्या गर्नको लागि र राजनीतिक जीवन सिध्यानको लागि ठूलो गिरोह लागिरहेको आरोप लगाएका छन् । राईले आफू भर्खरे वैवाहिक जीवनमा बाँधिएको र अहिले वैवाहिक जीवन एकदमै राम्रो रहेको दाबीसमेत गरे ।
हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हाम्रो मन, विचार, भावना यी सबै कुराहरु मिलेर नै हामी वैवाहिक जीवनमा बाँधिएका हौं । त्यसो त हाम्रो बीचमा असमझदारीको कुनै अंश नै छैन् । हाम्रो पारिवारिक जीवन एकदमै सुखद् छ ।’ उनले आफूले लभ म्यारिज गर्नुको कारण पनि सुनाए । उनले भने,‘हाम्रो विवाह त लभजस्तो पनि, अनि एरेन्जजस्तो छ । हाम्रो बीचमा लभको प्रस्ताव पनि उसले या मैले कसले राख्यो होला, हाम्रो लभ चाहीँ प्रत्येक बोलीमा, व्यवहारमा, विचारमा, दृष्टिकोणमा, काममा, भावनामा यी कुरामा लभ पर्यो ।’
उनले आफूले बालिका खड्कालाई कहिल्यैपनि नचिनेको दाबी गरे । उनले भने,‘बालिका खड्का मैले चिनेको मान्छे होईन । कहिल्यै पनि सम्वाद गरेको मान्छे होईन । यो कुरा तपाईँ चेक गर्न सक्नुहुन्छ ।’ उनले आफूविरुद्ध एउटा गिरोहले बालिकालाई प्रयोग गरेर चरित्र हत्या गर्न खोजेको पनि दाबी गरे । उनले भने,‘एउटा गिरोहले ती पात्रलाई किनेर लगातार युज गरिरहेको छ । अहिले पछिल्लो समय, सायद एउटा घट्ना मैले सुनें, उनको त्यो प्लान वे मा भयो ।”
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने