काठमाडौं । सरकारले तत्कालै देशव्यापी लकडाउन नगर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले तत्काल देशब्यापी लकडाउन नगर्ने जानकारी दिए ।
व्यापक संक्रमण देखिएका ठाउँमा भने क्षेत्रगत रुपमा लकडाउन गर्न सकिने उनको भनाइ छ ।अहिले सरकारको आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने रहेको मन्त्री ज्ञवालीले बताए ।
लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको भन्दै मन्त्री ज्ञवालीले अर्थतन्त्र र जनजीविकामा लकडाउनले प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको उल्लेख गरे ।
यसैबीच एमालेले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
बालुवाटारमा आज बसेको महाधिवेशन आयोजक समितिको बैठकले स्थानीय तह र जिल्लास्थित समितिसँग समन्वय गरेर पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन दिएको हो ।
एमालेले क्वारेन्टिन बनाउन, जिल्ला–जिल्लामा हेल्थ डेस्क राख्ने, सचेतनाका अभियान चलाउन पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो