लुम्बिनी प्रदेशमा पार्टी विवादका बीच मन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा)का चारजना नेताको मन्त्री र सांसद दुवै पद गुमेको छ। मुख्यमन्त्री शंकर पोखरेलले आइतबार राजीनामा दिएपछि उनीहरुको मन्त्री पद १० दिनमै गुमेको हो।
वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकै दिन जसपाका विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, सन्तोषकुमार पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकासमन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका थिए। यादव, पाण्डे र रायमाझीले अविश्वासको प्रस्तावमासमेत हस्ताक्षर गरेका थिए।
चारै जनाको सांसद पद यसअघि नै गुमिसकेको छ। पार्टीको निर्णयअनुसार संसद सचिवालयले सांसद पद खारेज भएको निर्णय गरिसकेको छ। मन्त्री बनेकालाई पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षले कारबाही गरेको थियो। त्यसैको आधारमा प्रदेश सभाले कारबाहीमा परेका सांसदको नामावली हटाएको छ।
यद्यपी, महन्थ ठाकुरले पार्टीले कारबाही नगरेको भन्दै सचिवलायमा पुनः अर्को पत्र दर्ता गराएको छ । बहुमत हस्ताक्षरसहितको पत्र प्राप्त भएपछि नै सचिवालयले सांसदबाट पदमुक्त भएको जानकारी गराएको थियो । मन्त्री खान गएका चार जनाको १० दिनमै मन्त्रीपदसँगै सांसदबाट पनि बाहिरिनुपरेको छ । सांसदबाट मुक्त भएका चारजना अदालत गुहार्न पुगेका छन्।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु