काठमाडौं – केही दिनअघि गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको अपहरण भएको आरोप लागेको घटना सेलाउन नपाउँदै लुम्बिनी प्रदेशमा समेत नेकपा माओवादी केन्द्रले नेकपा एमाले सांसद विमला वली (विमलाकुमारी खत्री) को अपहरण गरेको गम्भीर आरोप लगाइएको छ ।
नेकपा एमालेसँग ४१ सांसदसहित प्रदेशसभामा एकल बहुमत रहेको चर्चाबीच एकाएक सांसद विमलाकुमारी खत्रीले आफू माओवादीमा प्रवेश गरेको विज्ञप्ति सार्वजनिक भएपछि एमालेले सांसद खत्रीको अपहरण भएको आरोप लगाएको छ ।
एमालेका लुम्बिनी प्रदेशसभा प्रमुख सचेतक भूमिश्वर ढकालले एमाले पार्टीकी सांसद विमला खत्री वलीलाई दलको बैठकमा आउँदा–आउँदै माओवादीले अपहरण गरेको आरोप लगाएका छन् ।
ढकालले भने, ‘विमला कमरेड अपरहणमा पर्नुभएको छ । उहाँलाई माओवादीले अपहरण गरेको छ । यसमा हाम्रो घोर आपत्ति छ । यस घटनाको निन्दा गर्छौं । सांसद खोजी गर्न स्थानीय प्रहरीमा उजुरी समेत दिइसकेका छौं ।’
जननिर्वाचित सांसद विमलालाई अपहरण शैलीमा लुकाएर राख्नु उचित नभएको प्रतिक्रिया प्रमुख सचेतक ढकालले दिएका छन् ।
सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री वैजनाथ चौधरीले वलीलाई दाङबाट बुटवल आउँदै गर्दा बाटोमा अपहरण गरिएको बताए। ‘उहाँ संसदीय दलको बैठकमा सहभागी हुन आउँदै हुनुहुन्थ्यो। बाटो बाटै अपहरण गरे। बीच बाटोबाट अर्को गाडीमा चढाएर लगिएको छ’, चौधरीले भने, ‘हामीले सुरक्षा निकायलाई खोज तलास गरी उद्धार गर्न भनेका छौं।’
उनले आफूहरूले वलीलाई पर्खने बताए। ‘उहाँ आएपछि यथार्थ कुरा थाहा हुन्छ’, चौधरीले भने, ‘उहाँलाई सकुशल उद्धार गरेर कुराकानी गर्छौं। अनि त्यसपछि बल्ल कसरी अगाडि बढ्ने टुङ्गो लाग्छ।’
उनले सांसद वलीको फोन अफ रहेको बताए। वली उपनिर्वाचन मार्फत सांसद चुनिइएकी हुन्। उनले विगतमा नेकपा नामबाट निर्वाचन जितेकी थिइन्। वलीले माओवादी केन्द्र रोजेको विज्ञप्ति सार्वजनिक भइसकेको छ।
सांसद विमलाले आफू नेकपाबाट निर्वाचित भएको र सर्वाेच्चको फैसलापछि नेकपा अस्तित्वमा नरहेकाले आफू माओवादी केन्द्रमा प्रवेश गरेको स्पष्ट पारेकी छन् । आईतवार प्रेस विज्ञप्ति जारी गर्दै सांसद वलीले आफू माओवादी केन्द्रमा सक्रिय हुने स्पष्ट पारेकी छन् ।
सांसद विमलाले माओवादी केन्द्रको प्रदेश संसदीय दल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लुम्बिनी प्रदेशसभामा आफू माओवादीतिर लागेको पत्राचार गरेकी छन् ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो