(मत परिणामसहित)
भीमपाणि बराल लेखनाथ, २२ चैत । स्थापनाको २१ वर्षपछि पोखरा विश्वविद्यालयमा पहिलो पटक भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट अनेरास्वियुका सुनिल तिमिल्सेना सभापतिमा विजयी भएका छन् । नेविसंघका दुई जना सदस्य मात्र जित हात पारेका छन् । संस्थापक सभापति बन्न सफल तिमिल्सिनाले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै ८ सय ४५ मत ल्याउन सफल भए ।
सभापति पदका निकतम प्रतिस्पर्धी नेविसंघका डिफान भुजेलले ६ सय १९ मत प्राप्त गरेका छन् भने अखिल क्रान्तिकारिका सुधन पन्तले ४९ मत मात्र ल्याए । स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी अनेरास्ववियुकी बागी कुशुम शिला भट्टले १ सय ४८ र नेविसंघका बागी सुभाष प्रसाद पौडेलले ७५ मत ल्याएका छन् ।

सचिव पदका लागि भएको निर्वाचनमा अनेरास्वियुका सुरज परियारले ९ सय १४ मतका साथ बिजयी भएका छन् भने प्रतिश्पर्धी नेविसंघका नारायण सापकोटाले ५ सय ४० र अखिल क्रान्तिकारीका बिनायक तिमिल्सिनाले १ सय ३० मत प्राप्त गरेका छन् । सचिव पदमा स्वतन्त्र उमेदवार बिनोद भण्डारीले ९७ र अखिल छैठौंका हेमन्त रानामगरले २० मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा अनेरास्ववियुकी प्रकृति दवाडीले ७ सय २१ मतका साथ विजयी भएकी छन् भने प्रतिश्पर्धी नेविसंघका विनिता लामिछानेले ५ सय ३५ र अखिल क्रान्तिकारीकी सामना सुवेदीले ४ सय ४९ मत ल्याएकी छन् ।

खुल्ला सदस्य तर्फ अनेरास्वियुका आशिष केसीको ७ सय ४४, यमुना क्षेत्रीले ८ सय ४३, विनोद बुढाले ७ सय ९८, धनश्याम डुम्रेले ७ सय ७१, सन्देश तिमिल्सेना ७ सय ३७, नरेश खनालले ७ सय ३४ ल्याएका छन् भने नेवि संघको तर्फबाट सरोज साहाले ७ सय ५६ र गणेश रिमालले ७ सय २७ मत ल्याई विजयी भएका छन् ।

.

सम्बन्धित खबर
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए