काठमाण्डौ । अखिल नेपाल महिला सङ्घ सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीले राष्ट्रपतिलगायत सार्वजनिक पदमा रहेकी महिलामाथि अमर्यादित, असभ्य, अमानवीय अभिव्यक्ति र व्यवहारविरुद्ध एकजुट हुन आग्रह गरेको छ ।
कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा संवैधानिक जिम्मेवारी लिएर निर्वाह गर्ने क्रममा राष्ट्रपतिलगायत सार्वजनिक पदमा रहेकी महिलामाथि अमर्यादित, असभ्य, अमानवीय अभिव्यक्ति दिने व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।
कमिटीले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ, “संविधानको संरक्षकको हैसियतले राष्ट्रपति संविधानप्रदत्त दायित्व निर्वाह गर्दाका विषयमाथि प्रश्न उठाई केही राजनीतिक दल, केही सञ्चारमाध्यमलगायत विभिन्न सामाजिक सञ्जालमा विभिन्न किसिमका गालीगलौज गर्ने, अपमानित गर्ने, सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गर्ने तथा विभिन्न लाञ्छना लगाई व्यक्तिगत चरित्र हत्या गर्ने जस्ता कार्य निन्दनीय छ ।”
कमिटीका सहसंयोजक थममाया थापाले राष्ट्रपतिजस्तो पदमा रहेर संविधानको संरक्षकको हैसियतले संवैधानिक कामकारबाही गर्दा व्यक्तिगत चरित्रहत्या गर्ने व्यक्तिलाई कानूनी कारबाही गर्नुपर्नेमा माग गरे ।
अनेमसङ्घले शुक्रबार गृह मन्त्रालयमा त्यस्ता कार्यलाई तत्काल रोक्न र यस्ता अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिलाई कानूनको दायरामा ल्याई तत्काल कानूनबमोजिम कारबाही गर्नका लागि ज्ञापनपत्र बुझाएको थियो ।
सम्बन्धित खबर
निर्वाचन आचारसंहिता उल्लंघनका सूचना तथा उजुरीका लागि छुट्टै इमेल
निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
निर्वाचन आयोग आचारसंहिता पालना गराउन सक्रिय, २१ जनालाई स्पष्टीकरण सोधियो
नयाँतिर हावा चलेकै छ, तर प्रत्यक्ष–समानुपातिक मिलाएर एक नम्बर पार्टी बन्छौँ: प्रचण्ड
प्रहरीको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने सरकारको निर्णय
संसद् पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन कांग्रेस पूर्व सांसदहरूले प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउने
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ