पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराले होटल संचालक, कर्मचारी र मजदूरले कोभिड– १९ विरुद्धको खोप लगाएपछि मात्र व्यवसाय संचालन गर्न सकिने स्पष्ट पारेको छ । संघका अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी निषेधाज्ञा हटे पनि होटलका कर्मचारी र परिवारको जीवन जोखिममा राखेर व्यवसाय संचालन नगर्ने स्पष्ट पारेका हुन् ।
विज्ञप्तिमा भनिएको छ– काठमाण्डौं बाहेक अन्य बाहिरी जिल्लाहरुमा पनि अतिथि सेवामा पाहुनाहरुसँग प्रत्यक्ष रुपमा खटिने होटल संचालक तथा कर्मचारीहरुलाई कोभिड विरुद्धको खोप प्रदान गर्न सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गरेता पनि सो सम्बन्धि सुनुवाई नभएकोले अविलम्ब प्राथमिकताको आधारमा कोभिड विरुद्धको खोप प्रदान गर्न अपिल गर्दछौं ।
कोभिड १९ को दोस्रो लहरले गत बैशाख १५ गतेबाट उद्योगधन्दा लगायत सम्पूर्ण व्यवसाय र जनजिवन ठप्प रहेको स्मरण गराउँदै विज्ञप्तिमा विभिन्न देशमा आम नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाइएको स्थानमा जीवन पुनः लयमा फर्कन थालेको स्मरण गराइएको छ । यसै गरी नेपालमा पनि प्राथमिकताको आधारमा पटक पटक खोप कार्यक्रम ल्याइएको भएता पनि काठमाण्डौं केन्द्रित पर्यटन व्यवसायीलाई मात्र प्राथमिकताको आधारमा खोप कार्यक्रम सम्पन्न गरिएको भन्दै यस क्षेत्रका पर्यटन व्यवसायीलाई पनि खोपको प्राथमिकतामा समेट्न संघले आग्रह गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा