काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले विद्यमान विकास आयोजना पूरा हुन नसकिरहेका बेला सरकारले ठूलो आकारको लोकप्रिय बजेट ल्याएको भन्दै आलोचना गरेका छन् ।
स्कुल अफ डेमोक्रेसीले आज यहाँ आयोजना गरेको ‘खस्किदो अर्थतन्त्र, कहाँ चुक्यो सरकार? विषयक बजेट समीक्षा’ कार्यक्रममा उनले नीति र कार्यक्रम छलफलबिना नै निर्वाचन घोषणा गरेको सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याएको बताए ।
“निर्वाचन तोकिसकेको सरकारले तलब, भत्ता वृद्धि र कर छुट दिएर निर्वाचनमा भोट पाउन अध्यादेशबाट लोकप्रिय बजेट ल्याएको छ, यो निर्वाचनमा जनतालाई प्रभाव पार्ने खालको बजेट हो,”– उनले भने, “भएका कार्यक्रमलाई निरन्तरता दिनेमात्र कामचलाउ सरकारको काम हो, पुरक बजेट ल्याउन मिल्दैन ।”
नेपाल राष्ट्र बैँकका पूर्वगर्भनर डा चिरञ्जीवी नेपालले सरकारले पर्याप्त छलफल नगरी बजेट ल्याएको जनाउँदै भने, “भूकम्पको समयमा आउन नसकेको अनुदान तथा ऋण संसारभर फैलिएको कोरोनाको बेलामा कसरी आउन सक्छ ।’’
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले बजेट निर्वाचनमुखी आएको बताएका छन् । बजेट चाहिने ठाउँमा भन्दापनि नचाहिने ठाउँमा विनियोजन गर्न खोजेको उनको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्द पोखरेलले बजेटले सबै पक्षलाई छोएपनि यसको कार्यान्वयनमा चुनौतीपूर्ण रहेको उल्लेख गरे। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा शङ्कर शर्माले दलहरुबीचको प्रतिस्पर्धाका कारण सामाजिक सुरक्षामा रकम बढ्दा राज्यलाई थप भार पर्ने बताए।
स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरले संसदमा नीति र कार्यक्रम प्रस्तुत नगरी बजेट आउनु संविधानको मर्म र भावनाविपरीत भएको बताएका थिए ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’