काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्राष्ट्रिय शाखाले नेपालमा कोभिड दोस्रो लहरको असहज परिस्थितिमा राहत सङ्कलन गरेर वितरण गर्न थालेको छ । कांग्रेस केन्द्रीय कार्यालयमार्फत धनुषा, बाग्लुङ र डढेल्धुरामा सहयोग गर्ने निर्णय गरिएको छ । ती जिल्लामा गरिने सामग्री तथा सहयोग तथा संरचनाको छिट्टै जानकारी गराइने शाखाका जापान संयोजक डा बलराम श्रेष्ठले राससलाई जानकारी दिए ।
जापानबाट महेश श्रेष्ठले रु एक लाख, डा बलराम श्रेष्ठले रु ८० हजार, कृष्णप्रसाद भण्डारीले रु १० हजार, भेषनारायण श्रेष्ठले रु १० हजार र शङ्करप्रसाद न्यौपानेले रु १० हजार गरी रु दुई लाख १० हजार पहिलो चरणमा ती जिल्लामा पठाइसकिएको छ । जापानबाट अरु करिब रु दुई लाख सहयोगको प्रतिबद्धता भएको छ । अन्य देशबाट रु १८ लाख जम्मा भएको उनले बताए। हालसम्म अन्य देशबाट समेत गरी रु २१ लाखको सहयोग जुटाउन लागिएको छ । प्रत्येक जिल्लालाई रु सात लाखका दरले सहयोग दिने गरी काम भइरहेको शाखाले जनाएको छ ।
जम्मा भएको सहयोग रकम बैंकमार्फत् पठाइएको छ । सहयोग गर्न चाहनेलाई सम्पर्क गर्न पनि शाखाले सार्वजनिक आह्वान गरेको छ । जम्मा हुने सहयोग बैंकमार्फत नै पठाइने जापान शाखा संयोजक श्रेष्ठले बताए । प्राप्त सहयोग कांग्रेसका सम्बन्धित जिल्ला कार्य समितिमार्फत कोरोना सङ्क्रमित भई जीवन मरणका लागि लडिरहेका नागरिकलाई स्वास्थ्य सामग्री जुटाउन उपयोग गरिने जनाइएको छ ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो