पोखरा । सरकारले कोभिड अस्पताल बनाउने निर्णय गरेपछि सबै ओपिडी (बहिरङ्ग) सेवा बन्द भएको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सञ्चालनमा आउने भएको छ ।
अस्पतालले सोमबार साँझ सूचना जारी गरी यही जेठ २३ गते आइतबारदेखि लागू हुने गरी कोेभिड–१९ व्यवस्थापनका लागि तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्यरूपमा पालना गर्ने गरी अस्पतालका पूर्ववत् सञ्चालन हुँदै आएका ओपिडी सेवा सञ्चालन गरिने जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको गण्डकी प्रदेशको सबैभन्दा ठूूलो सरकारी अस्पताल पश्चिमाञ्चल अस्पतालको सेवा बन्द भएपछि न्यून आय भएका सेवाग्राही मर्र्कामा परेका थिए । यस अस्पतालमा प्रदेशका ११ वटै जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् भने अन्य अस्पतालको ‘सिफारिस’ अस्पतालसमेत हो ।
अस्पतालका सूचना अधिकारी नारायणप्रसाद आचार्यले अस्पतालमा सञ्चालित बीमालगायतका सबै ओेपिडी सेवा पूर्ववत् अवस्थामा सञ्चालन गरिने जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले जेठ ११ गतेदेखि लागू हुने गरी अस्पतालका सबै ओपिडी सेवा बन्द गरिएको थियो ।
पश्चिमाञ्चल अस्पतालमा हाल कोरोनाका बिरामीको उपचारका लागि ३५ आइसोलेशन शय्या, १७ आइसीयू शय्या, छ भेन्टिलेटर र २५ वटा एचडीयू शय्या सञ्चालनमा छन् । अस्पतालमा वर्षमा तीन लाख तथा दैनिक एक हजार हाराहारीमा सेवाग्राहीले बहिरङ्ग सेवा लिने गरेको अस्पतालले जनाएको छ । यसैगरी दैनिक २०० जनाले आकस्मिक स्वास्थ्य उपचार सेवा लिने गरेको बताइन्छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन