पोखरा । गण्डकी प्रदेश सरकारले कोभिड–१९ लगायत महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि स्वास्थ्य प्रणालीलाई सवल एवम् सुदृढ बनाउने भएको छ । सोमबार गण्डकी प्रदेशसभाको वैठकमा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै प्रदेशका अर्थ मन्त्री किरण गुरुङले आधारभूत स्वास्थ्य सेवामा सबैको सरल र सहज पहुँच सुनिश्चित गर्दै गुणस्तर अभिवृद्धि गर्न आवश्यक बजेट व्यवस्था गरिने बताए।
होम आइसोलेशनमा पनि आवश्यक मेडिकल सेवा उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गर्दै उनले प्रदेशका सबै नागरिकको लागि कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी प्रबन्ध गरिने बताए । कोभिड अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था गरिने र कोरोना रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अन्य राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहनको व्यवस्था गरिने सिद्धान्त र प्राथमिकतामा उल्लेख छ ।
कोभिडका कारण प्रभावित व्यवसायलाई जीवन्तता दिन सञ्चालित ‘व्यवसाय जीवन रक्षा कोष’ कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै मन्त्री गुरुङले कोभिड–१९का कारण सहारा गुमाएका परिवारलाई रोजगारी र बालबच्चाको शिक्षा दीक्षाको आवश्यक व्यवस्था गर्ने कार्यक्रम ल्याइने जानकारी दिए।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ