गण्डक न्युज पोखरा, ३० चैत पोखराको बीच भाग भएर बहने फिर्के खोलाको सिमाना छुट्याउन रेखाङ्कन कार्य सकिएको छ । पोखरा लेखनाथ महानगरपालिकाले वडा नम्बर १८ सराङ्कोटको फेदी अँधेरीकुनाबाट शुरु भई प्रस्याङ, मालेपाटन, बुलौंदी हुँदै फेवातालमा मिसिने फिर्के खोलाको सिमाना नापेर छुट्याउँदै रेखाङ्कन गर्ने कार्य सम्पन्न गरेको जनाएको छ ।
त्यसैको व्यवस्थापन गर्न सहजिकरणको लागि महानगर प्रमुख मानबहादुर जिसि, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, कास्की प्रहरी प्रमुख एसपी अशोक सिंह, सम्बन्धित वडाका वडा अध्यक्ष, प्राविधिक सहित शुक्रबार छलफल गरिएको छ ।
फिर्के खोलालाई ५ मिटर पनि नछाड्ने १९२ वटा संरचना भेटिएको छ । जसमा सरकारी भवन ७ वटा, मठमन्दिर २, बिद्यालय कलेज ३, पक्की संरचना ७२, संघसंस्थाको भवन ११ वटा र बाँक कच्ची संरचना परेको छ । १५ दिनभित्र कानुनी रुपमा स्वीकृत पाएका संरचनाको क्षति मुल्याकंन गर्नको लागि नापी र महानगरले कार्य अगाडि बढाउने बताईएको छ ।

गत फागुन ३० गतेदेखि महानगरले मापदण्ड मिचेर निर्माण गरिएका भवन तथा संरचना हटाउन रेखाङ्कन थालेको थियो । ५ मिटर मापदण्ड अत्यन्त थोरै भन्दै अझै बढी हुनुपर्ने आवाज उठेको छ ।
रेखांकन कार्य सुरु हुँदा महानगर प्रमुख जिसीले फिर्केको जमिन नमिच्नेलाई धन्यवादसहित बधाइ र नमिच्नेलाई बिदाइ गरिने चेतावनी दिएका थिए । फिर्केको कहाँ ? कसले ? र कति ? जमिन मिचेको पत्ता लगाएर रेखाङ्कन गर्ने भन्दै उनले भनेका थिए ‘फिर्के खोलाको क्षेत्रफल कति हो ? त्यसमा लागू गरिएको ५ मिटरको मापदण्ड पालना छ कि छैन ? मिचेको हो भने कसले कति मिचेको हो ? भन्ने पत्ता लगाएर नमिचेकालाई धन्यवादसहित बधाइ र मिचेकालाई विदाइ गरिन्छ ।’
महानगर प्रमुख जिसीले रेखाङ्कन सकिएलगत्तै अल्टिमेटमसहितको १५ दिने सूचना जारी गरेर अतिक्रमित जग्गा छाड्न आग्रह गरिने र त्यसपछि पनि नहटाए महानगरपालिका आफैले डोजर लगाउने पनि बताएका थिए । त्यसरी डोजर लगाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्तिलाई नै तिराउने उनको भनाई थियो । अब यो भनाई कार्यान्वयनमा आउँछ कि आउँदैन हेर्न बाँकी छ ।
पहिलो चरणमा फिर्केको रेखाङ्कन सक्ने र त्यसपछि सेती नदीको पनि सिमाना रेखाङ्कन र अतिक्रमित जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाउने महानगरको योजना छ ।
फिर्के र बुलौदी खोला अहिले ४ देखि ३४ मिटर सम्म फराकिलो रहेका छन् । यी खोलामाथि कतिपय स्थानमा अतिक्रमण गरेर घर, समाज भवन, लायन्स क्लब, विद्यालय समेत बनेका छन् ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह