कास्की । कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । काठमाडौँको बोधि सत्वा विहार र सामाजिक अभियन्ता शान्त शर्माको सहयोगमा कोरोनाको दोस्रो लहर रोकथाम र सङ्क्रमण न्यूनीकरणमा क्रियाशील स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
कोरोना सङ्क्रमित बिरामीको प्राथमिक उपचार गाउँमै गर्ने गरी जिल्लाका चार वटै स्थानीय तहले अक्सिजन सुविधा सहितको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याएका छन् । जिल्लाका रुपा, अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकालाई शुक्रबार पाँच/पाँच लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको पोखरा संयोजक दीननाथ बरालले बताए । कन्सन्ट्रेटर सहित अक्सोमिटर, मास्क, थर्मल गन, प्रेसर नाप्ने मेसिन, सेनिटाइजर, ह्याण्डवास, फिनेल, स्प्रे मेसिन लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको थियो । अक्सिजन अभाव भएको अवस्थामा अक्सिजन कन्सन्ट्रेटर सहितको स्वास्थ्य सामाग्री प्राप्त गर्दा ठूलो राहत महसुश भएको मादी गाउँपालिकाले जनाएको छ ।
यसैबीच सृजनशील अपाङ्गता सरोकार समितिलाई औषधि सहयोग गरिएको छ । समितिलाई प्यान्टो प्राजोल, कप सुरक, भिटामिन बि कम्प्लेक्स, सिटामोल, साइनेक्स लगायतका एक काटुर्न औषधि वितरण गरिएको संयोजक बरालले जानकारी दिए। यसअघि बिहीबार बोधि सत्वा विहारबाट प्राप्त स्वास्थ्य सामग्री पोखराका तीन अस्पताललाई प्रदान गरिएको थियो ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन