पर्वत । जिल्ला अस्पताल पर्वतमा चिकित्सक, उपकरण तथा भौतिक पूर्वाधार थप गरिएसँगै बिरामीका शल्यक्रियामा पनि वृद्धि हुन थालेको छ । सामान्य शल्यक्रियाका लागि बिरामीलाई पोखरा तथा काठमाडाँै लिएर जानुपर्ने अवस्थामा समेत सुधार आएको छ । कोरोनाको महामारीका बीचमा जिल्ला अस्पतालमा एक सय ३५ बिरामीको शल्यक्रिया गरिएको छ ।
अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार कोरोनाको दोस्रो महामारी गत बैशाखदेखि शुरु भएपछि १३ गर्भवतीको जटिलखालको शल्यक्रिया गरिएको छ । गत साउनदेखि यही जेठ २० गतेसम्म कूल ६६ जटिल प्रकृतिको सुत्केरीको शल्यक्रिया गरिएको छ भने हर्नियाको १० ,हाइड्रोशिलका दुई र एक एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । सोही अबधिमा ५६ माइनर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
“गत वर्ष पनि कोरोनाको महामारी कायमै रहेको बेलामा शल्यक्रिया सेवा पनि सञ्चालन भएका थिए । अहिले दोस्रो लहर चलिरहेको बेलामा पनि बिरामीलाई सेवा दिनको लागि हामी लागिरहेका छौँ ।” उनले भने, “चिकित्सक तथा स्वास्थ्यकर्मीहरू इमानदारीपूर्वक सेवामा लागिरहेका कारण यो सम्भव भएको हो । जोखिमको माझमा पनि बिरामीलाई सेवा दिनु हाम्रो को कर्तव्य हो ।”
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जिल्लाबासी सामान्य शल्यक्रियाका लागि पोखरा जानुपर्ने बाध्यता अन्त्य हुँदै गएको बताए । अस्पतालको स्तरोन्नति गर्दै सेवा सुविधा पनि थप भएपछि एमडिजिपी चिकित्सक सहितको टोलीबाट शल्यक्रियाका भइरहेको उनको भनाई छ ।
“अहिले अस्पतालको स्तरोन्नति गरिएको छ । पोखराका स्वास्थ्य संस्थामा प्राप्त गर्न सकिने विभिन्न स्वास्थ्य सुविधाको व्यवस्थापन अस्पतालमा नै गरिएको छ । अहिले सामान्य अवस्थामा बिरामीहरूलाई पोखरा वा अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता हटेको छ ।” उनले भने “कोरोना कहरको यो विषम परिस्थितिमा पनि अस्पतालले मिर्गौला डायलिसिस, प्रसूति सेवा तथा आकस्मिक सेवालाई नियमित रूपमा सञ्चालन गरिएको छ ।”
सम्बन्धित खबर
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
एमाले गण्डकीको विज्ञप्तिप्रति पर्वत जिल्ला कमिटीको आपत्ति
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो