कर्णाली । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रदेश सरकारले एक मन्त्रालय थप गरेसँगै खाली भएका दुई मन्त्रालयमा मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
सत्ता साझेदार दल नेपाली कांग्रेसको भागमा रहेका दुई मन्त्रालय विभिन्न कारणले करिब दुई महिनादेखि खाली थिए । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको अध्यक्षतामा शनिबार बसेको बैठकले जुम्लाबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकास र सुर्खेतबाट प्रदेशसभामा सदस्यमा निर्वाचित यज्ञबहादुर बिसीलाई सामाजिक विकासमन्त्रीमा सिफारिस गरेको थियो ।
कांग्रेस संसदीय दलको सिफारिसबमोजिम कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार ९ः३० बजे प्रदेशसभा सदस्यद्वय श्रेष्ठ र बिसीलाई क्रमशः जलस्रोत तथा ऊर्जा विकास र सामाजिक विकासमन्त्रीमा नियुक्त गरेका हुन् । दुई मन्त्री नियुक्त भएसँगै कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
दुई मन्त्री नियुक्त भएपछि कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाही नेतृत्वको विसं २०७४ फागुन ६ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा (९) र धारा १७० को उपधारा (१) बमोजिम मुख्यमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन भएको बेहोरा जानकारी दिएका छन् ।
अब कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् सदस्यमा मुख्यमन्त्री शाही नेतृत्वमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपाली, आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा, जलस्रोत तथा ऊर्जा विकासमन्त्री श्रेष्ठ र सामाजिक विकासमन्त्री बिसी रहेका छन् ।
नवनियुक्त मन्त्रीद्वय श्रेष्ठ र बिसीको आजै पद तथा गोपनीयताको शपथ हुने कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री नेपालीले जानकारी दिए ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ