एमालेः स्पष्टीकरणको जवाफ मेलमार्फत

एमालेः स्पष्टीकरणको जवाफ मेलमार्फत

KP-Sharma-Oli-1

काठमाडौँ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीले सोध्नुभएको स्पष्टीकरणको जवाफ दिएका छन्।

अध्यक्ष ओलीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ शाहले एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावललाई आज मेलमार्फत दिएका हुन् ।

सचिव रावलले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई स्पष्टीकरण पठाइएको जानकारी दिए।

अध्यक्ष ओलीले शाहलाई पार्टी स्थायी कमिटीले समर्थन फिर्ता लिइसकेको विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको भनी सोधनी गर्दै गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गर्ने गरेको आरोपका साथ स्पष्टीकरण सोधेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ