म्याग्दी । बेनी नगरपालिका–७ कुरिलाखर्कमा दुई महिलाले बाँझो जमिनमा नर्सरी स्थापना गरेका छन् ।
मालिका गाउँपालिका–६ दरवाङकी सिता गुरुङ र रघुगंगा गाउँपालिका–६ पाखापानीकी तेजकुमारी पुनले बाँझो जमिनलाई हराभरा बनाएका हुन् ।
वार्षिक रु एक लाख पचास हजार भाडा तिरेर नौ रोपनी बाँझो जग्गा भाडामा लिएर उनीहरुले नर्सरी स्थापना गरेका हुन् । पाखो जग्गालाई स्काभेटरले सम्माइ खनजोत गरी नर्सरी बनाएका हुन् । गत हिउँददेखि शुरुआत भएको रुबिना एण्ड दीक्षा नर्सरीमा अहिले बर्खा यामका लागि फलफुलका बिरुवा उत्पादन भएका छन् । खाली र बाँझो पाखोमा नर्सरी स्थापना भएपछि हराभरा र हरियाली बनेको छ ।
नर्सरी बनाउन लागि रु २२ लाख लगानी भएको सञ्चालक गुरुङले बताइन्। “बीउ, सामग्री खरिद, घेराबार, टनेल लगायतका संरचना निर्माण गरेका छौ,” उनले भनिन्, “४५ हजार टिम्मुर, दुई हजार १०० सुन कागति, छ हजार दाँते ओखरका विरुवा उत्पादन भएको छ ।”
सेमि हाइटेक प्रबिधीको पलास्टिक घरमा विभिन्न प्रजातिका फुलका विरुवा तयार पारिएको छ । बर्षात हुन थालेपछि उत्पादित बिरुवा बिक्री सुरु गरेको नर्सरीकी अर्की सञ्चालक पुनले बताइन् । जिल्ला दररेट अनुसार टिम्मुरको विरुवा प्रतिगोटा ५७ र दाँते ओखरका विरुवाको प्रतिगोटा ११५ रुपैयाँ मूल्य निर्धारण भएको छ । उनीहरु सामुदायिक वन उपभोक्ता महासंघका अभियान्तका रुपमा जिल्लामा परिचित छन् । वन र वातावरण क्षेत्रमा काम गरेको अनुभवलाई व्यवसायमा रुपान्तरण गरेको उनीहरुले जानकारी दिए ।
नर्सरीलाई कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा साना ब्यवसायिक कृषि फर्म स्थापना तथा बिस्तार कार्यक्रम अन्तरगत एक लाख १५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । दुई सेमि हाइटेक प्रबिधीको पलास्टिक घर बनाइएको छ । गत हिउँद याममा प्याजका बिरुवा उत्पादन गरेका थिए ।
म्याग्दी र आसपासका क्षेत्रका कृषकलाई आवश्यक पर्ने तरकारी, फलफूल तथा बनस्पतिका बिरुवा आपुर्ति गर्ने उद्देश्यले नर्सरी सञ्चालन गरेको उनीहरुले जानकारी दिए । पछिल्लो समय यहाँका कृषक नर्सरी ब्यवसायतर्फ आकर्षित भएका छन् ।
सम्बन्धित खबर
राजमार्गको अवस्था: गोरखामा पूर्ण रुपमा अवरुद्ध, म्याग्दीमा एकतर्फी
मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते