म्याग्दी । बेनी नगरपालिका–७ कुरिलाखर्कमा दुई महिलाले बाँझो जमिनमा नर्सरी स्थापना गरेका छन् ।
मालिका गाउँपालिका–६ दरवाङकी सिता गुरुङ र रघुगंगा गाउँपालिका–६ पाखापानीकी तेजकुमारी पुनले बाँझो जमिनलाई हराभरा बनाएका हुन् ।
वार्षिक रु एक लाख पचास हजार भाडा तिरेर नौ रोपनी बाँझो जग्गा भाडामा लिएर उनीहरुले नर्सरी स्थापना गरेका हुन् । पाखो जग्गालाई स्काभेटरले सम्माइ खनजोत गरी नर्सरी बनाएका हुन् । गत हिउँददेखि शुरुआत भएको रुबिना एण्ड दीक्षा नर्सरीमा अहिले बर्खा यामका लागि फलफुलका बिरुवा उत्पादन भएका छन् । खाली र बाँझो पाखोमा नर्सरी स्थापना भएपछि हराभरा र हरियाली बनेको छ ।
नर्सरी बनाउन लागि रु २२ लाख लगानी भएको सञ्चालक गुरुङले बताइन्। “बीउ, सामग्री खरिद, घेराबार, टनेल लगायतका संरचना निर्माण गरेका छौ,” उनले भनिन्, “४५ हजार टिम्मुर, दुई हजार १०० सुन कागति, छ हजार दाँते ओखरका विरुवा उत्पादन भएको छ ।”
सेमि हाइटेक प्रबिधीको पलास्टिक घरमा विभिन्न प्रजातिका फुलका विरुवा तयार पारिएको छ । बर्षात हुन थालेपछि उत्पादित बिरुवा बिक्री सुरु गरेको नर्सरीकी अर्की सञ्चालक पुनले बताइन् । जिल्ला दररेट अनुसार टिम्मुरको विरुवा प्रतिगोटा ५७ र दाँते ओखरका विरुवाको प्रतिगोटा ११५ रुपैयाँ मूल्य निर्धारण भएको छ । उनीहरु सामुदायिक वन उपभोक्ता महासंघका अभियान्तका रुपमा जिल्लामा परिचित छन् । वन र वातावरण क्षेत्रमा काम गरेको अनुभवलाई व्यवसायमा रुपान्तरण गरेको उनीहरुले जानकारी दिए ।
नर्सरीलाई कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा साना ब्यवसायिक कृषि फर्म स्थापना तथा बिस्तार कार्यक्रम अन्तरगत एक लाख १५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । दुई सेमि हाइटेक प्रबिधीको पलास्टिक घर बनाइएको छ । गत हिउँद याममा प्याजका बिरुवा उत्पादन गरेका थिए ।
म्याग्दी र आसपासका क्षेत्रका कृषकलाई आवश्यक पर्ने तरकारी, फलफूल तथा बनस्पतिका बिरुवा आपुर्ति गर्ने उद्देश्यले नर्सरी सञ्चालन गरेको उनीहरुले जानकारी दिए । पछिल्लो समय यहाँका कृषक नर्सरी ब्यवसायतर्फ आकर्षित भएका छन् ।
सम्बन्धित खबर
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
प्रकृति र संस्कृतिको संगम तीनचुले : पूर्वाधार थपिँदै, पर्यटक पर्खिंदै
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
म्याग्दीमा भिरबाट लडेर वृद्धको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु