कास्की । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बस्दै आएका अपाङ्गता भएको परिवारलाई सहयोग जुट्न थालेको छ । सेती नदीको डिलमा जस्ताको छानामुनि बस्दै आएका अपाङ्गतासहितको सात जनाको परिवारले कोरोना कहरका कारण भोकै बस्नु परेको समाचार गत सोमबार राष्ट्रिय समाचार समिति (रासस) मा प्रकाशित भएको थियो ।
अपाङ्गता भएका परिवारमा रोगभन्दा भोकको चिन्ता विषयक शीर्षकको समाचार प्रकाशन भएसँगै विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमले स्थान दिएका थिए। समाचारमा आएसँगै विभिन्न सहयोगी दाताले खाद्यान्नसहितका सामग्री सहयोग गर्नुभएको उक्त परिवारका सदस्य लक्षु थापामगरले जानकारी दिए।
उनका अनुसार पाँच छोरामध्येको कान्छो १८ वर्षीय छोरा पूर्णे जन्मजातै पूर्णरूपमा अपाङ्गता छन्, हिँडडुल गर्न सक्दैनन्, खाना खुवाउनुका साथै शौचालयसमेत बोकेर लैजानु पर्दछ, आम्दानी भनेको दैनिक मजदूरी नै हो । पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारी र कार्यपालिका सदस्य राधिका शाही योगीले खाद्यान्नसहितको राहत सामग्री प्रदान गर्नुभएको थियो भने विभिन्न व्यक्तिले ठाउँठाउँबाट सहयोग गर्ने आश्वासन दिनुभएको उनले बताए।
भोकै बस्नुपर्ने तत्कालीन बाध्यता हटाउनका लागि प्रारम्भिकरूपमा रु पाँच हजार बराबरको खाद्य सामग्री सहयोग गरिएको बताउँदै वडाध्यक्ष अधिकारीले उनीहरूको दीर्घकालीन बसोबासका लागि समेत आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूको परिवारलाई युवासङ्घ पोखरा–१७ बाट नौ हजार बराबरको खाद्यान्न, सरसफाइलगायत सामग्री प्रदान गरिएको छ । उक्त परिवारको लागि जग्गा प्राप्त भएमा घर निर्माणका लागि आवश्यक जस्तापाता र ब्लक उपलब्ध गराउने सो स्थानामा पुग्नुभएको गैसस महासङ्घका महासचिव रामप्रसाद सुवेदीले जानकारी दिए।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो