कास्की । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बस्दै आएका अपाङ्गता भएको परिवारलाई सहयोग जुट्न थालेको छ । सेती नदीको डिलमा जस्ताको छानामुनि बस्दै आएका अपाङ्गतासहितको सात जनाको परिवारले कोरोना कहरका कारण भोकै बस्नु परेको समाचार गत सोमबार राष्ट्रिय समाचार समिति (रासस) मा प्रकाशित भएको थियो ।
अपाङ्गता भएका परिवारमा रोगभन्दा भोकको चिन्ता विषयक शीर्षकको समाचार प्रकाशन भएसँगै विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमले स्थान दिएका थिए। समाचारमा आएसँगै विभिन्न सहयोगी दाताले खाद्यान्नसहितका सामग्री सहयोग गर्नुभएको उक्त परिवारका सदस्य लक्षु थापामगरले जानकारी दिए।
उनका अनुसार पाँच छोरामध्येको कान्छो १८ वर्षीय छोरा पूर्णे जन्मजातै पूर्णरूपमा अपाङ्गता छन्, हिँडडुल गर्न सक्दैनन्, खाना खुवाउनुका साथै शौचालयसमेत बोकेर लैजानु पर्दछ, आम्दानी भनेको दैनिक मजदूरी नै हो । पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारी र कार्यपालिका सदस्य राधिका शाही योगीले खाद्यान्नसहितको राहत सामग्री प्रदान गर्नुभएको थियो भने विभिन्न व्यक्तिले ठाउँठाउँबाट सहयोग गर्ने आश्वासन दिनुभएको उनले बताए।
भोकै बस्नुपर्ने तत्कालीन बाध्यता हटाउनका लागि प्रारम्भिकरूपमा रु पाँच हजार बराबरको खाद्य सामग्री सहयोग गरिएको बताउँदै वडाध्यक्ष अधिकारीले उनीहरूको दीर्घकालीन बसोबासका लागि समेत आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूको परिवारलाई युवासङ्घ पोखरा–१७ बाट नौ हजार बराबरको खाद्यान्न, सरसफाइलगायत सामग्री प्रदान गरिएको छ । उक्त परिवारको लागि जग्गा प्राप्त भएमा घर निर्माणका लागि आवश्यक जस्तापाता र ब्लक उपलब्ध गराउने सो स्थानामा पुग्नुभएको गैसस महासङ्घका महासचिव रामप्रसाद सुवेदीले जानकारी दिए।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो