पोखरा । दुई दिनदेखि लगातारको वर्षासँगै नहरमा अव्यवस्थित रुपमा आएको पानीले पोखरा महानगरपालिका-३२ का विभिन्न स्थानमा घरहरू डुवानमा परेका छन् । पोखरा महानगरपालिका-३२ टाँडी र कालिका चोकका झण्डै २० घरमा पानी पसेको छ । पानी पसेका कारण कतिपयको घरमा धानलगायत खाद्यान्न सामग्री पनि भिजेको छ । कालिका चोकमा पानी जमेर तालजस्तै बनेको र खुदी खोलाको किनारा भत्काउन थालेको बाढी नियन्त्रण तथा व्यवस्थापन समिति पोखरा–३२ का अध्यक्ष शिवजी लामिछानेले जानकारी दिए।
समितिको सक्रियतामा वर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण पर्ने गरेको असरलाई दीर्घकालीन रुपमा समाधान गर्न सम्बद्ध निकायमा पत्राचारसहित ध्यानाकर्षण गराइए पनि त्यसको कार्यान्वयनमा चासो नदिँदा समस्या भएको उनले बताए । उनका अनुसार विगतमा अनियन्त्रित रुपमा आउने पानीलाई डाँडाको नाक प्रहरीचौकी, बाँधाको रह तथा घोतघोतेबाट कटाउने गरी सिँचाइ डिभिजन कार्यालय पोखराबाट आवश्यक इस्टिमेट गरिए पनि त्यसलाई कार्यान्वयनमा नल्याउँदा समस्या भएको हो ।
नहरमा आउने पानीलाई व्यवस्थित नगरिदा यस क्षेत्रमा सिंचाइ जस्तो नभएर खहरे खोला जस्तो बन्दा वर्षेनी समस्या बढीरहेको स्थानीय युवा नवराज घिमिरेले बताए। टाँडी र आसपासका क्षेत्रमा वर्षेनि अव्यवस्थित नहरका कारण समस्या बढीरहेको बताउँदै उनले यसको दीर्घकालिन व्यवस्थापनका लागि सम्बन्धीत निकायले तत्काल चासो दिनुपर्ने आवश्यकता औंल्याए। समितिकै पहलमा पोखरा–३२ स्थित बाह्रसय चौताराबाट पानी कटाएर खहरे खोलामा लैजानका लागि काम थालिए पनि अहिलेलाई बजेट अभावले उक्त काम पूरा नहुने देखिएको लामिछानेको भनाइ छ ।
गत वर्षको बाढीले गगनगौंडा र लामेआहालबीचमा पर्ने राधाकृष्ण मन्दिर नजिकै पारेको प्रभावलाई दृष्टिगत गर्दै त्यस क्षेत्रको समस्याको दीर्घकालीन समाधानका लागि सडक विभागबाट नाला गहिरो बनाएर कोत्रेसम्म पु¥याउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो