कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘एक कृषक एक दुहुनो गाई/भैंसी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रममा यसलाई अभियानका रूपमा सञ्चालन गरी दूधलाई आफ्नो दैनिक आयआर्जनको माध्यम बनाउने उल्लेख गरिएको छ ।
दूध उत्पादनमा सहकारिताको विकास गरी पशुपालक कृषक समूहलाई गोठ निर्माण, तथा भकारो सुधार कार्यक्रमलाई निरन्तरताका साथ उत्पादनका आधारमा अनुदान उपलब्ध गराइने गाउँपालिका अध्यक्ष युवराज कुँवरले जानकारी दिए।
गाउँपालिकाअन्तर्गतका सहकारी संस्थालाई सबल रूपमा सञ्चालन गर्न पशु बिमा कार्यक्रम सञ्चालन गर्ने, बहुवर्षे भूईं घाँस, पोषिलो हिउँदे घाँस, बहुवर्षे डालेघाँसका बिरुवा लगाउने तथा नर्सरी स्थापना गर्नेजस्ता कार्यक्रम सञ्चालन गरी दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं विस्तार गर्ने नीति लिइएको छ ।
व्यावसायिक पशुपालन, पशु बिमा, गोठ तथा भकारो सुधार उन्नत नश्लका गाई, भैंसी तथा बाच्छा–बाच्छी, पाडा–पाडी हुर्काउने कृषकलाई प्रोत्साहन गर्ने, दूध र मासुको उत्पादन वृद्धि गर्न पार्कोटे र लिमे जस्ता रैथाने जातका भैंसीपालन कार्यक्रमलाई प्रथामिकता दिइने गाउँपालिकाले जनाएको छ । प्राथमिक पशु उपचार सेवालाई निरन्तरता दिइने अध्यक्ष कुँवरले जानकारी दिए। पशुपालक कृषकमा सीप हस्तान्तरणद्वारा आधुनिक पशुपालन पद्धतिको विकास गर्दै लैजाने कार्यमा जोड दिई कृषक समूह, समिति, सहकारी, गैरसहकारी संस्था र गाउँपालिकाबीच साझेदारीका साथ विशेष कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले नीति लिएको छ ।
पशुपालनका क्षेत्रमा आधुनिक प्रविधि सुधार गर्न ‘काम गरेर सिक्छ, देखेर विश्वास गर्छ’ भन्ने नारालाई कार्यान्वयन गर्न व्यावसायिक किसानलाई नमूना पशुपालन फर्महरूको अवलोकन तथा तालीम जस्ता कार्यक्रम सञ्चालन गरिने अध्यक्ष कुँवरले बताए। पशुपंक्षीतर्फ कुखुरा, कालिज पालन व्यवसायलाई व्यवसायीकरण गरी एक निश्चित मापदण्डका आधारमा अण्डा र मासु उत्पादनमा आत्मनिर्भरताका साथ निर्यात गरी आयआर्जनमा वृद्धि गरिने उनले बताए। उनका अनुसार माछापालन व्यवसायलाई विस्तार तथा वृद्धि गर्न भुरा वितरण तथा पोखरी निर्माण गर्न जोड दिनुका साथै मत्स्यपालन क्षेत्रमा कृषकहरुको आकर्षण अभिवृद्धि गरिने बताइएको छ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन