पर्वत । पर्वत जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन् ।
सार्कीले यही असार ४ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुने गरी कोदालोले कुटपिट गरेका थिए । घाइते भएकी नेपालीको सोमबार दिउँसो घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
श्रीमतीको कुटपिटबाट मृत्यु भएको सूचनाका आधारमा प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले अभियुक्त सार्कीलाई पक्राउ गरेको छ । अभियुक्त सार्कीविरुद्ध ज्यानसम्बन्धी कसुरमा मृतकका भाइ जितबहादुर नेपालीले किटानी जाहेरी दरखास्त दिएका छन्।
सार्कीलाई बुधबार पर्वत जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि अधिकारीले जानकारी दिए। मृतक नेपालीका दुई छोरी र तीन छोरा छन् । आमाको हत्या र बाबु पक्राउ परेपछि साना बालबालिकाको बिचल्ली भएको छ ।
सम्बन्धित खबर
मालढुंगा–बेनी सडकमा पहिरो खस्दा मोटरसाइकल पुरियो, चालक गम्भीर घाइते
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला