पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पत्रकारको हकहितका लागि आफू सधैँ प्रतिबद्ध भएको बताएका छन् ।
नेपाल प्रेस युनियन कास्की नेतृत्वको प्रतिनिधिमण्डलद्वारा मुख्यमन्त्रीसहित मन्त्री कुमार खड्कालाई बधाई तथा शुभकामना दिन आयोजित भेटघाटमा उनले पत्रकारको हकहितका लागि साधनस्रोतले भ्याएसम्म उनीहरुसँगै सल्लाह गरेर अघि बढ्ने बताए।
सामाजिक विकासमन्त्री खड्काले यस वर्षका बजेटमा पत्रकारका लागि रु दुई करोडभन्दा माथिको बजेट छुट्याइएको र नेपाल पत्रकार महासंघको भवन नबनेका छ जिल्लामा निर्माणका लागि रु ६० लाख बजेट प्रस्ताव गरिएको जानकारी दिए।
प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले श्रमजीवी पत्रकारको मनोबल बढाउने खालको कार्यक्रममा प्रदेश सरकारको साथ आवश्यक रहेको बताए । युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले सञ्चारमाध्यमको मर्म बुझ्नुपर्ने बताउँदै मिडिया विधेयकमा छलफल गरेर मिडियामैत्री बनाउनुपर्ने धारणा राखे । प्रेस युनियन कास्कीका सल्लाहकार गंगाधर पराजुलीले पत्रकार, सञ्चारगृह र महासंघलाई सक्षम र सदृढ बनाउँदै लैजानुपर्ने धारणा राखे ।
प्रेस युनियन कास्कीका सल्लाहकार राजबहादुर गुरुङ र शिरोमणि बराल, पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतले आमसञ्चार प्रतिष्ठान, लोककल्याणकारी विज्ञापनलगायत विषयमा आ-आफ्नो भनाइ राखे ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो