पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पत्रकारको हकहितका लागि आफू सधैँ प्रतिबद्ध भएको बताएका छन् ।
नेपाल प्रेस युनियन कास्की नेतृत्वको प्रतिनिधिमण्डलद्वारा मुख्यमन्त्रीसहित मन्त्री कुमार खड्कालाई बधाई तथा शुभकामना दिन आयोजित भेटघाटमा उनले पत्रकारको हकहितका लागि साधनस्रोतले भ्याएसम्म उनीहरुसँगै सल्लाह गरेर अघि बढ्ने बताए।
सामाजिक विकासमन्त्री खड्काले यस वर्षका बजेटमा पत्रकारका लागि रु दुई करोडभन्दा माथिको बजेट छुट्याइएको र नेपाल पत्रकार महासंघको भवन नबनेका छ जिल्लामा निर्माणका लागि रु ६० लाख बजेट प्रस्ताव गरिएको जानकारी दिए।
प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले श्रमजीवी पत्रकारको मनोबल बढाउने खालको कार्यक्रममा प्रदेश सरकारको साथ आवश्यक रहेको बताए । युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले सञ्चारमाध्यमको मर्म बुझ्नुपर्ने बताउँदै मिडिया विधेयकमा छलफल गरेर मिडियामैत्री बनाउनुपर्ने धारणा राखे । प्रेस युनियन कास्कीका सल्लाहकार गंगाधर पराजुलीले पत्रकार, सञ्चारगृह र महासंघलाई सक्षम र सदृढ बनाउँदै लैजानुपर्ने धारणा राखे ।
प्रेस युनियन कास्कीका सल्लाहकार राजबहादुर गुरुङ र शिरोमणि बराल, पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतले आमसञ्चार प्रतिष्ठान, लोककल्याणकारी विज्ञापनलगायत विषयमा आ-आफ्नो भनाइ राखे ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ