माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीबारे छलफल हुने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीबारे छलफल हुने

mb-Maobadi-baithak

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (बुधबार) बस्दैछ ।

दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्ने स्थायी कमिटी बैठकमा सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउने एजेन्डा रहेको बताइएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारका हाल माओवादी केन्द्रका दुई जना मात्र मन्त्री छन् । सरकारमा पम्फा भुसाल ऊर्जा मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन् । अन्य को–को सरकारमा जाने भन्नेबारे टुंगो लागिसकेको छैन । यसबारे मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफलसमेत गरेका थिए ।

आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारको तयारी थालेको देखिन्छ ।

२५ सदस्यीय मन्त्रिपरिषद्मा २० जना नयाँ मन्त्री थपेर तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको योजना छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds