काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस आज मनाइँदैछ । पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा आज बिहान कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा हुने कार्यक्रमको प्रमुख अतिथि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल हुनेछन्।
कार्यक्रममा डा.बेदुराम भुसाल,डा. माधव पन्थी र डा. ढाकाराम सापकोटाद्वारा संयुक्त रुपमा लिखित पुष्पलाल श्रेष्ठको जीवनीमा आधारित पुस्तक ‘नेपाल रत्न पुष्पलाल’ को विमोचन हुने छ ।
यसैगरी, पुष्पलाल मित्रता केन्द्रले शुक्रबार नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कार्यक्रममा नेता नेपाललगायत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य किरण, चित्रबहादुर केसी, नेत्रविक्रम चन्द, चन्द्रदेव जोशी, अष्टलक्ष्मी शाक्यलगायतका अतिथिहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रवचन कार्यक्रम भोलि साउन ८ गते दिउँसो साढे १२ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय, च्यासल ललितपुरमा आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।
पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए।
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए।
पूर्वी पहाडी रामेछापको भँगेरीमा १९८१ असार १५ गते जन्मिएका पुष्पलाल श्रेष्ठको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो । उनको अस्तुलाई नेपाल ल्याएर विभिन्न स्थानमा सेलाइएको थियो ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो