नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै उनले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट विचलित हुँदै गएकामा चिन्ता व्यक्त गरे।
मन्त्री पाइएन भने नेतृत्वको आलोचना गर्ने र मन्त्री पाएमात्र काम गर्ने प्रवृत्ति अहिले जबर्जस्त रूपमा विकास भएको उनको भनाइ छ।
नेकपाका संस्थापक कर्माचार्य कहिल्यै पनि पदका पछाडि नलागेको सन्दर्भ कोट्याउँदै उनले कम्युनिष्ट नेता कार्यकर्ताले कर्माचार्यको जस्तै आचरण देखाउन सक्नुपर्ने बताए।
पद र शक्तिका लागि नेता कार्यकर्ताको होडबाजी चल्ने गरेको उल्लेख गर्दै उनले त्यसले कम्युनिष्ट आन्दोलनलाई नै क्षति पुुग्ने सुनाए।
‘अहिले मलाई यति सकस परेको छ, माओवादीका ४९ सांसदलाई मन्त्री पद चाहिएको छ’, उनले भने, ‘हामीले धेरै पायौं भने सात मन्त्रालय पाउने अवस्था हो, मन्त्री बनाउन चौतर्फी दबाब छ, त्यसकारण म तनावमा छु।’
उनले मुलुकलाई असफल बनाउने प्रयासविरूद्ध एक भएर लडेको गठबन्धलाई कमजोर बनाउन प्रयास भइरहेको बताए।
पद पाए सो अवसरमा अध्यक्ष दाहालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई कुनै लापरबाही गर्ने छुट नभएको उल्लेख गरे। उनले सरकारमा रहेर जनपक्षीय काम गर्न पनि निर्देशन दिए। रासस
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ