डाक्टर गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले स्वास्थ्य राज्यमन्त्रीमा व्यवसायी उमेश श्रेष्ठलाई नियुक्त गरेको भन्दै आपत्ति जनाएका छन् ।
उनले केही दिन अगाडी श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई खबरदारी पत्रसमेत लेखेका थिए ।
उनले देउवा सरकारले केही राम्रो काम गर्ला भन्ने आफूले आश राखेको तर देउवाको सुरुकै कामले आफू निराश भएको बताएका छन् ।
एक कार्यक्रममा बोल्दै उनले देउवा ५ औं पटक प्रधानमन्त्रीमा नियुक्त हुँदा पनि बुद्धि नपलाएको व्यंग गरे ।
देउवा प्रधानमन्त्री भएको पाँचौंपटक भयो, यीनले केही गर्छन की जस्तो लागेको थियो, पाँचौपटक प्रधानमन्त्री बन्दा अलिकति बुद्धि पलाउँछ भनेको त झन्..बुद्धि भएको पलाउनु ! उनले भने ।
श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेपछि यतिबेला विरोध आइरहेको छ ।
उनले बुधबारको सत्ता गठबन्धनको बैठकमा आफूले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकोमा माफी समेत मागिसकेका छन् ।
सम्बन्धित खबर
गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी
चट्याङ लागेर एक बालकको मृत्यु, ३ जना घाइते
यी स्थानमा बदली र वर्षा हुने
नेपालमा ‘इन्ड्राइभ’ को आधिकारिक रूपमा सेवा सुरु
एमालेमा फर्किन चाहन्छु, आत्मालोचना गरिसकेँ: बामदेव गौतम
बदली र वर्षाको सम्भावना
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग