काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गरेको छ ।
आयोगको अद्यावधिकसँगै जसपा केन्द्रीय कार्यकारिणी समिति ५१ बाट झरेर ३५ सदस्यीय बनेको छ । यससँगै पार्टीको अध्यक्षमा उपेन्द्र यादव मात्र कायम भएको छ । नेता बाबुराम भट्टराई संघीय परिषद्कै अध्यक्षमा कायम छन् ।
यादव पक्षको केन्द्रीय कार्यकारणी समितिको १२ गतेको निर्णयलाई सोमबार निर्वाचन आयोगले मान्यता प्रदान गरेपछि महन्थ ठाकुरसहित उनको पक्षमा रहेका केन्द्रीय कार्यकारणी समितिका १६ जना सदस्यकै पार्टीगत हैसियत गुमेको हो । अब ठाकुरसँगै राजेन्द्र महतो, सरतसिंह भण्डारी, उमाशंकर अरगरिया लगायतका नेताहरु साधारण सदस्यमा सीमित बनेका छन् ।
पार्टीले दल त्यागसम्बन्धी कारवाही नगर्दासम्म ठाकुर सहितका नेताहरुको सांसद पद भने कायमै रहने देखिएको छ ।
आयोगले साउन ११ मा पार्टीको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएपछि भोलिपल्टै बसेको केन्द्रीय कार्यकारणी समितिको बैठकले ठाकुरसहित १६ जनालाई पार्टीको जिम्मेबारीबाट हटाउने निर्णय गरेको थियो । पार्टीको त्यही निर्णयलाई अद्यावधिक गराउन यादव पक्षले बिहीबार निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो