काठमाडौँ । आज भाद्र शुक्ल पञ्चमी । ऋषिपञ्चमी पर्व । नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
हिन्दू संस्कारअनुसार महिलाहरूका लागि हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्व जोडिएको छ ।
हरितालिका तीजको भोलिपल्ट गणेश चतुर्थी पर्व पर्दछ । गणेश चतुर्थी पर्वका दिन गणेशको विशेष पूजा–अर्चना गरिन्छ । गणेश चतुर्थी पर्वको छुट्टै महत्व र पहिचान रहेको छ । यसको लगत्तै ऋषिपञ्चमी पर्वको आगमन हुन्छ ।
पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन् त्यसबाट मुक्ति पाउनका लागि ऋषिपञ्चमी व्रत गर्ने गरिन्छ ।
पञ्चमीको दिन बिहान विवाहित तथा अविवाहित सबै नारीहरुले आफ्नो नित्य शौचक्रियापश्चात् ३६० टुक्रा आँख्ला भएका दतिवन नामका वनस्पतिको प्रार्थना गरी उक्त डाँठको ब्रस बनाएर दाँत माझ्ने गर्दछन् ।
तत्पश्चात् अमलाको रुखको फेदको माटो, तुलसीको फेदको माटो, पारिजातको फेदको माटो, गाईको गोबर, हलोको माटो, दतिवनको पात र कुशसहित नुहाउने गर्दछन् । त्यसपछि अरुन्धतीसहित सप्तऋषिहरुको पूजा गर्ने प्रचलन छ । सप्तऋषिहरुमा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ नामका सप्तऋषिहरु पर्दछन् । ती ऋषिहरूको पूजा–अर्चना गर्नाले रजश्वला भएको अवस्थामा ज्ञात वा अज्ञात कारणले हुन गएको छुवाछूतको दोष मेटिन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । पञ्चमीका दिन सप्तऋषिहरुको मन्दिरमा गएर वा घरमै पनि कुशको प्रतिमूर्ति बनाई पुरोहित राखेर पूजा गर्ने प्रचलन छ ।
ऋषिहरूको पूजा गर्दा विवाहित महिलाहरूले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन् । कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ तथा पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोषलगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने विश्वास रहेको छ ।
पूजाआजा गरिसकेपछि महिलाहरुले जन्मघर छोडेर कर्मघरमा रहँदा–बस्दा भोग्नुपरेका तीता–मीठा वेदनालाई लयात्मक ढंगले गीतको माध्यमबाट अभिव्यक्त गर्ने र नाचगान गर्ने गरिन्छ । यससँगै तीजको व्रत पूर्ण हुन्छ भन्ने धार्मिक मान्यता छ ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो