सभामुखप्रति आशंका कायमै छः सुवास नेम्वाङ

सभामुखप्रति आशंका कायमै छः सुवास नेम्वाङ

subash nembang

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता सुभास नेम्वाङले सभामुख अग्नीप्रसाद सापकोटाप्रति आफूहरुको आशंका कायमै रहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेमाथि भेदभाव गरेकाले आशंका भएको बताए । नेम्वाङले भने, ‘हामीसँग भेदभाव गरियो । प्रमुख प्रतिपक्षलाई भेदभाव गरियो भन्ने भान परेको छ । त्यो शंका निवारणको लागि कुनै प्रयास भइरहेको छैन । सभामुखमाथि हाम्रो आशंका छ । सभामुखजीले ल आऊ बैठकमा भनेर औपचारिकता पूरा गर्दा हामी जानुको कुनै अर्थ छ? हाम्रो यो आरोप छ यो आरोपलाई तपाईंहरु पुछ्नुस् ।’

सभामुखबाट शंका निवारणको लागि कुनै प्रयास नभएको पनि उनले बताए । सत्तापक्षको ढंग नपुगेका कारण संसदमा अहिलेको अवस्था आएको उनको टिप्पणी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds