काठमाडौँ । नेकपा एमालेले प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरेर संसद् चलाउन सरकार र सभामुखको ध्यानाकर्षण गराएको छ ।
पार्टीका महासचिव ईश्वर पोखरेलले आज (बुधबार) एक विज्ञप्ति जारी गरेर प्रतिनिधि सभा सुरु गर्न सरकार र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका हुन् ।
उनले सरकारले बजेटको विषयमा उदासीन र गैरजिम्मेवार चरित्र देखाएको आरोप लगाए । प्रतिपक्षको अवरोधका कारण बजेट समयमा पारित नभएको जस्तो गरी सरकारले भ्रम सिर्जना गरेकोसमेत जनाइएको छ । ‘यति बेला सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको छ । जबकि प्रतिनिधि सभाको बैठक सुरु भएको लामो समयसम्म सरकारका लागि बजेट प्राथमिकताको विषय नै बनेन । बरु यस बीचमा प्रतिपक्षी दललाई षड्यन्त्रपूर्ण ढङ्गले विभाजन गर्नका लागि अध्यादेश ल्याउने प्रयोजनका लागि संसद् अधिवेशन स्थगित गरियो,’ विज्ञप्तिमा भनिएको छ ।
आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारणले नै वित्तीय संकटको परिस्थिति सिर्जना भएको एमालेको आरोप छ ।

सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो