काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नेपालकै भ्रष्ट र जाली नेता भएको आरोप लगाएका छन् ।
माओवादी पार्टी कार्यालय कोटेश्वरमा गरिएको सूर्यनाथ राम यादवको स्मृति दिवस कार्यक्रममा ओलीविरुद्ध खनिदै उनले ओली जत्तिको झुटो बोल्ने व्यक्ति नेपालमा अरु कोही नभएको समेत दाबी गरे ।
उनले केपी ओलीको परिचय नै धोकेबाज भएको भएपनि अरुलाई नै धोकेबाज भनेर सजिलै भन्ने गरेको पनि टिप्पणी गरे ।
उनले योगेश भट्टराई, घनश्याम भुषालहरुले नै हिजो ओलीविरुद्ध कडा टिप्पणी गरेको भएपनि अहिले ती दश नेताले ओलीसँग आत्मसमर्पण गरेको आरोप लगाए । दाहालले भने, ‘केपीको निरंकुशता पनि थाहा छ तिनीहरुलाई । केपी ओली नेपालको एउटा भ्रष्ट र जाली नेता भन्ने उहाँहरुलाई थाहा छ । मलाई उहाँहरुले सिकाएको हो । घनश्याम, योगेश, गोकर्णलगायत १० जनाले सिकाएको हो ओली यस्ता छन् भनेर । दह्रोसँग टेक्नुस् हामी छौं भन्नुहुन्थ्यो । अन्त्यमा सबैले आत्मसमर्पण गर्नुभयो । अनौठो लागेको छ ।’
दाहालले माधव नेपाल, झलनाथ खनाललगायत नेता भने सही ट्र्याकमा हिँडेको र आफूहरुले सहयोग गरेको बताए ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो