नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै सरकारको आलोचना गरेका छन्। ओलीले ७२ दिनदेखि मन्त्रिमण्डलले पूर्णता नपाउनुमा लोभी पापीहरूको हड्डीको लागि लडाइँ रहेको बताएका हुन्। यो सरकार जनताको हितमा नभएको उनको दाबी छ।
एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
अर्को सन्दर्भमा बोल्दै उनले पार्टी नफुटेको तर दुई चारजना कार्यकर्ता मात्रै पार्टीबाट बाहिरिएको बताए। उनले भने, ‘केही कुहिएका पातहरु झरेर गए। पार्टी फुटेको होइन, अदालतले फैसला गर्यो भने यिनीहरूको पार्टीले मान्यता पाउनै सक्दैन। माधवकुमार नेपालको साथमा दुई चारजना कार्यकर्ता मात्रै छन्।’
अर्को प्रसंगमा बोल्दै ओलीले माओवादी केन्द्रले गएको निर्वाचनमा ५ वटा सिट ल्याउने अवस्था नहुँदा पनि आफूहरुले ३६ सिट जिताइदिएको बताए। उनले भने, जुन हातमा दूध र भात दियौं, त्यहीँ हातले प्रचण्डले टोकिदिए।’ दाहालको पछि लागेर विनाशको बाटोबाहेक केही नहुने उनको भनाइ छ।
सम्बन्धित खबर
उपेन्द्र यादव नेतृत्वको जसपा फुट्यो, अशोक राईसहित ७ सांसदले दिए नयाँ दल दर्ताका लागि निवेदन
कांग्रेसले गण्डकीका सभामुखलाई देखायो संसद् बैठकमै कालो झण्डा
गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत, सर्वोच्चको आदेशलाई आधार
राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने, यस्तो छ केन्द्रीय कार्यसम्पादन बैठकको निर्णय
इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
विद्युतीय चार पाङ्ग्रे गाडी अब नेपालमै उत्पादन हुने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग